चारआली । आफनो बार्षिक उत्सवको अवसर पारेर नेपाल आयल निगम चारआली शाखाले जेष्ठ नागरिकहरुलाई व्ल्याङकेट वितरण गरेको छ । शाखाले विर्तामोडमा रहेको परोपकार तथा अनुसन्धान केन्द्रले संचालनमा ल्याएको बृद्धाश्रममा रहेका २६ जना जेष्ठ नागरिकलाई व्ल्याङकेट वितरण तथा खिर खुवाउदै बार्षिक उत्सव मनाएको हो । निगमका कर्मचारीलाई उत्सवका लागी प्रति व्यक्ती दिइएको ९ सय रुपैया चारआली शाखामा रहेको २२ जना कर्मचारीले संकलन गरेर जेष्ठ नागरिकहरुलाई व्ल्याङकेट र खिर खुवाएको शाखा प्रमुख सनम कार्कीले बताए ।कार्यक्रमपछि बोल्दै उनले सवै कर्मचारीहरु मिलेर सके जति मौसम अनुसारको न्यानो व्ल्याङकेट वितरण गरेको बताए ।
उनले आगामी दिनमा समेत आमा बाबुलाई आवश्यक परेको खण्डमा सहयोग गर्ने प्रतिवद्धता जाहेर गरे । साथै कर्मचारीले शाखा कार्यालयमा सरसफाइ र बृक्षारोपण समेत गरेका छन । बार्षिक उत्सवकै अवसरमा चारआली शाखा र हवाइ इन्धन रिफ््युलिङ स्टेशन भद्रपुरका स्थायी, अस्थायी र ज्यालादारी कर्मचारीहरुको सहभागीतामा भलिबल र व्याडमिन्टन प्रतियोगिता समेत भएको थियो ।
कार्यक्रममा चारआली शाखा प्रमुख कार्की र रिफ््युलिङ स्टेशन प्रमुख मनिस न्यौपानेले फिल्डमा कार्यरत कर्मचारी एबम सम्पुर्ण स्थायी कर्मचारीलाई व्यक्तीगत सुरक्षा उपकरण प्रदान गरेका थिए । कार्यक्रमको संचालन निगमका सुचना अधिकारी लोकमणी पौडेलले संचालन गरेका थिए ।