Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

इलाममा समेत हिमपात

इलाममा समेत हिमपात

  • नमीन ढकाल
  • शुक्रबार, पौस १३ २०७५


इलाममा समेत हिमपात

इलाम । इलामको उत्तरी भूभागमा हिमपात भएको छ । जिल्लाको उत्तरी भेग सन्दकपुर, तुम्लिङ जौबारीसंगै इलाम पाँचथर सिमानाको राँके बजारमा आज विहानै बाट हिमपात भइरहेको स्थानियले बताएका छन । जिल्लाको उच्च भूभागमा हिउँ परेपनि तल्लो भूभागहरुमा भने पानी परिरहेको छ । पानी सँगै परेको हिमपातले चिसो बढेसँगै जनजीवन कष्टकर बनेको छ । लामो समय पछि हिमपात र बर्षा भएपछि आलु, अम्लिसो अलैची लगायतका अन्नबाली सप्रने र वातावरणमा समेत राम्रो हुने भएकोले आफुहरु खुसी भएको रोङका किसान गोविन्द पौडेलले बताए ।

पाँचथरको मेचीराजमार्ग अन्र्तगत पौवाभन्ज्याङ, ,लालीखर्क, कान्छीदोनकान लगायतका स्थानमा हिउँ परेको छ । त्यस क्षेत्रमा डेढ फिट जति बाक्लो हिउँ परेको छ । हिमपातसंगै राजमार्गमा आसपासमा मानिसहरु हिउँ खेल्न थालेको गायक प्रकाश बस्नेतले जानकारी दिए । सडकमा हिमपात भएपछि सवारी समेत चिप्लेर दुर्घटनाको जोखीम वढेको छ । हिमपात भएपछि वढिजस्तो वालवालिका र वृद्धवृद्धालाई समस्या भएको छ । यस्तै पाँचथर जिल्लाको माथिल्लो भेग मेमेङ, प्राङबुङ, सिदिन लगायतका स्थानमा समेत हिमपात भएको स्थानियले बताएका छन ।

प्रतिक्रिया
सम्बन्धित समाचार