Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

नेपाल आदिवासी जनजाती महासंघ सुर्योदय नगरपालिकाको प्रथम नगर अधिवेशन सुरु

नेपाल आदिवासी जनजाती महासंघ सुर्योदय नगरपालिकाको प्रथम नगर अधिवेशन सुरु

  • सन्देश सम्वाददाता
  • आइतबार, पौस ८ २०७५


नेपाल आदिवासी जनजाती महासंघ सुर्योदय नगरपालिकाको प्रथम नगर अधिवेशन सुरु

फिक्कल । नेपाल आदिवासी जनजाती महासंघ नगर समन्वय परिषद सुर्योदय नगरपालिकाको प्रथम नगर अधिवेशन आजबाट सुरु भएको छ । तिनघरे सामुदायिक भवन सुर्योदय नगरपालिका–११ मा सुरु भएको अधिवेशनको उद्धघाटन सत्र सोनाम योल्मुको अध्यक्षतामा सम्पन्न भएको छ भने कार्यक्रममा नगर प्रमुख रणबहादुर राईको प्रमुख आतिथ्यता र नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय समिती इलामका अध्यक्ष अविशेक एक्तेनको विशेष आतिथ्यता रहेको थियो ।
संस्थाकी उपाध्यक्ष अमृता राईको स्वागत मन्तव्य रहेको कार्यक्रममा किरात याक्थुम चुम्लुङ जिल्ला सदस्य साधना फागो, करफोक बहुमुखी क्याम्पस प्रमुख जहरसिंह राई, शेर्पा संघका जिल्ला सचिव दोर्जे शेर्पा, नेपाल थामी समाज जिल्ला अध्यक्ष कमल थामी, किरात राई यायोक्खा जिल्ला अध्यक्ष चित्रबहादुर राई, रोङ सेजुम ठी का केन्द्रिय अध्यक्ष विरबहादुर लाप्चाले मन्तव्य राखेका थिए
त्यसैगरी सुर्योदय नगरपालिकाका प्रवक्ता पेमा उगेन लामा, वडा नं ११ का अध्यक्ष टेकबहादुर राई, नेपाल कम्युनिष्ट पार्टी नेकपाका होमनाथ आर्चाय, नेपाली कांग्रेसका सोनाम छिरिङ काजी, संघिय समाजवादी फोरम नगर अध्यक्ष सुरेन्द्र मोक्तान, विशेष अतिथी एक्तेन र प्रमुख अतिथी राईले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा वक्ताहरुले संविधानले आदिवासी जनजातीहरुको मुद्धालाई पुर्ण रुपमा सम्वोधन नगरेको गुनासो गर्दै सवै जातजाती एकताबद्ध भइ समाज रुपान्तरणमा लाग्नुपर्नेमा जोड दिएका छन । नगरभित्र रहेको विभिन्न जातजातीहरुले आ–आफना जातिय झाँकीहरु प्रस्तुत गरेका थिए । भोली नगरपालिकाको सभाहलमा हुने बन्द सत्रले नयाँ कार्य समिती चयन गर्ने अध्यक्ष योल्मुले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार