इलाम । इलाममा २०७३ साउन देखि २०७५ सालको कात्तिक मसान्तभित्रमा ८ सय ५९ वटा घटना भएका छन् । जिल्लाका प्रहरी कार्यालय इलामको तथ्याङ्क अनुसार २८ महिनाको अवधिमा उक्त घटना घटेको हो । ३६ वटा घटनाको शिर्षकको तथ्याङ्क अनुसार ८ सय ५९ वटा घटना दर्ता भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख माधवप्रसाद श्रेष्ठले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालयको अपराध अनुसन्धान शाखाको तथ्याङ्क अनुसार इलाममा वितेको २८ महिनामा कर्तव्य ज्यान सम्बन्धि १८ वटा घटना भएका छन् । कार्यालयमा भवितत्य ज्यान सम्बन्धि घटना एक सय २४, झुण्डिएर आत्महत्याका घटना २ सय २६ र सार्वजनीक शान्ति सुरक्षा विरुद्धको कसुरका घटना १ सय ९८ भएका छन् ।
२८ महिनाको अवधिमा चोरीका ३५, ठगीका ४, बहुविवाहका २५ र जबरजस्ति करणिसम्बन्धि ७३ वटा मुद्धा दर्ता भएका छन् । यस्तै बाल यौन दुराचारका ३, हातहतियार तथा खरखजना सम्बन्धि ३, सरकारी छापा दस्तखत किर्तेसम्बन्धि एक र ज्यान मार्ने उद्योग सम्बन्धि २२ वटा मुद्धा दर्ता भएका हुन् ।
यस्तै जबरजस्ती करणि उद्योगमा २५, बिष सेवन गरि आत्महत्यामा २७ र सवारी ज्यान सम्बन्धि १६ वटा घटना दर्ता भएका छन् । यस्तै जातिय छुवाछुत सम्बन्धि १, मानवओसारपसार सम्बन्धि १०, लागुऔषध सम्बन्धि १७ र सावारी दुर्घटनाबाट भवितत्य ज्यान सम्बन्धि २ वटा मुद्धा दर्ता भएको प्रहरी प्रमुख माधवप्रसाद श्रेष्ठले बताउनुभयो ।
यस्तै गौवध हत्या सम्बन्धि ३, हामफ्याली आत्महत्या एक, डाँका मुद्धा एक, बिष्फोटक पदार्थ सम्बन्धि २, आगो लगाएको ३, गर्भपतन सम्बन्धि एक र बेबारिसे ज्यान सम्बन्धि २ वटा घटना भएका थिए । यस्तै हतियार प्रयोग गरि आत्महत्या एक, कुटपिट तथा अङ्गभङ्ग एक, सार्वजनीक स्थानमा योनाङ देखाउनु नहुने सम्बन्धि एक, अभद्र व्यवहार गर्न नहुने सम्बन्धि एक, पशु सम्बन्धित कशुर अन्तरगत गाईगोरु काटेको एक, ज्यान सम्बन्धि एक र कसुर सम्बन्धि ४ वटा मुद्धा दर्ता भएका छन् ।
आर्थिक वर्षको हिसावले मुद्धाको संख्या छुट्टयाउँदा आर्थिक वर्ष २०७३÷७४ मा ३ सय ७७ वटा आर्थिक वर्ष २०७४÷०७५ मा ३ सय ४२ वटा र चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म १ सय १० वटा विभिन्न शिर्षकका घटना भई मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।