Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

शसस्त्र प्रहरीद्धारा पर्यटकीय क्षेत्र कन्याममा सरसफाई

शसस्त्र प्रहरीद्धारा पर्यटकीय क्षेत्र कन्याममा सरसफाई

  • सन्देश सम्वाददाता
  • आइतबार, पौस १ २०७५


शसस्त्र प्रहरीद्धारा पर्यटकीय क्षेत्र कन्याममा सरसफाई

कन्याम । कार्यक्षेत्र भित्र सरसफाई र चेतनामुलक कार्यक्रम गर्ने योजना अन्तरगत इलामको कन्याम पर्यटकीय क्षेत्रमा शसस्त्र प्रहरी बल नेपाल आइतबारे सुरक्षा बेसले सरसफाई कार्यक्रम सम्पन्न गरको छ । सूर्योदय नगरपालिका वडा नम्बर ७ को संयोजकत्वमा शसस्त्र प्रहरी बलको टोली, स्थानीयबासी, व्यवसायी, पर्यटनकर्मी र ढोडाचढी व्यवसायी संघ कन्यामले संयुक्त रुपमा सरसफाई कार्यक्रम गरेका हुन् ।
कन्याम पर्यटकीय क्षेत्रको २ किलोमिटर आसपास र मेचीराजमार्ग क्षेत्रमा बिहान १० बजेदेखि १२ बजेसम्म २ घण्टा सरसफाई कार्यक्रम गरिएको थियो । शसस्त्र प्रहरी बल नेपाल शुरक्षा बेस आइतबारेका कमाण्डर शसस्त्र प्रहरी निरिक्षक भोला खत्रिको नेतृत्वमा भएको सरसफाई कार्यक्रममा एक सय बढीको उपस्थिति रहेको थियो । सरसफाई कार्यक्रमबाट कन्याम क्षेत्रमा छरिएर रहेको ३० बोरा बढी फोहोर संकलन गरि नगरपालिकाको गाडिमा लगाइएको थियो ।


सरसफाई कार्यक्रमको समापनमा बोल्दै शसस्त्र प्रहरी बल नेपाल शुरक्षा बेस आइतबारेका कमाण्डर शसस्त्र प्रहरी निरिक्षक भोला खत्रीले सामाजिक कार्यक्रममा शसस्त्र प्रहरीको सधैँ सहयोग र साथ रहने प्रतिवद्धता व्यक्त गरे । आफ्नो कार्यक्षेत्र भित्र आगामि दिनमा पनि विपत व्यवस्थापन,चेतनामुलक तथा सामाजिक कार्यक्रमहरु गर्दै लाने उनले बताए ।
सरसफाई कार्यक्रमको समापनमा बोल्दै सूर्योदय नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष लेखनाथ खड्काले शसस्त्र प्रहरीले गरेको सामाजिक काम उदाहरणिय भएको भन्दै धन्यवाद ज्ञापन गरे ।  सरसफाई कार्यक्रमले स्थानीय जनता र सुरक्षा निकायबिच सुमधुर सम्बन्ध स्थापित गर्नमा सहयोग पुगेको वडाध्यक्ष खड्काले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार