Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

सुर्योदय नगरपालिकाको बिलाउने पाखामा एलपी ट्रक दुर्घटना, घाइतेको अवस्था गम्भिर

सुर्योदय नगरपालिकाको बिलाउने पाखामा एलपी ट्रक दुर्घटना, घाइतेको अवस्था गम्भिर

  • सन्देश सम्वाददाता
  • शुक्रबार, मंसिर २१ २०७५

सुर्योदय नगरपालिकाको बिलाउने पाखामा एलपी ट्रक दुर्घटना, घाइतेको अवस्था गम्भिर

फिक्कल । इलामको सुर्योदय नगरपालिका–१ बिलाउने पाखामा एलपी ट्रक दुर्घटना हुँदा २ जना गम्भिर घाइते भएका छन । जोगमाईबाट गोलिया लिएर फिक्कल तर्फ आउँदै गरेको ना ३ त २७२८ नम्बरको एलपी साघुरो बाटोका कारण सडकबाट करिब १ सय मिटर तल खोलामा खसेको थियो । ट्रकमा सवार माइजोगमाईका मेघ अधिकारी र सहचालक घाइते भएका छन । नाम खुल्न नसकेको सहचालकको अवस्था गम्भिर रहेको छ । उनको उपचारको लागी फिक्कल तर्फ ल्याउने तयारी भइरहको माइजोगमाई वडा नं २ का कर्मचारी मानबहादुर राईले जानकारी दिए । घटनाको बारेमा थप विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार