इलाम । इलामका संघिय साँसदहरुको संसद विकास कोषबाट विनियोजित बजेट स्थानिय तह स्तरिय बाडफाड गरिएको छ । नेपाल सरकार मन्त्रीपरिषदद्वारा स्वीकृत स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (संचालन कार्यविधि) नियमावली,२०७५ अनुसार उक्त नियमावलीको नियम ३ मा भएको व्यवस्था बमोजिम कार्यक्रम परामर्श समिति र कार्यक्रम निर्देशन समितिको कार्तिक २६ गते बसेको बैठकबाट ८ करोड बजेट दुवै निर्वाचन क्षेत्रभित्र ४÷४ करोड रुपैयाको दरबाट विनियोजित गरिएको हो ।
संघिय संसद इलाम क्षेत्र नं १ का साँसद झलनाथ खनालको अध्यक्षतामा बसेको बैठकले सुर्योदय नगरपालिका क्षेत्रका लागी १ करोड ८० लाख रुपैया विनियोजना गरेको छ । त्यसैगरी क्षेत्र नं १ मा पर्ने माइ नगरपालिकाको ७ वटा वडाको लागी ७० लाख, इलाम नगरपालिकाको लागी १० लाख रुपैया विनियोजन गरिएको छ भने रोङ, माइजोगमाई र सन्दकपुर गाँउपालिकालाई ६०÷६० लाख रुपैयाको दरले विनियोजना गरिएको इलामका स्थानिय विकास अधिकारी झरेन्द्र चापागाईले बताए ।
क्षेत्र नं २ का साँसद सुवासचन्द्र नेम्वाङको अध्यक्षतामा बसेको बैठकले इलाम नगरपालिकाको लागी ९० लाख, देउमाइ नगरपालिकाको लागी ८३ लाख, माइ नगरपालिकाको ६, ७ र ८ (साविकको महमाई गाविस) का लागी ३२ लाख रुपैया विनियोजन गरेको छ । त्यसैगरी चुलाचुली, फाकफोकथुम र माङसेवुङ गाँउपालिकालाई ६५÷६५ लाखका दरले बजेट विनियोजन भएको चापागाईले बताए । दुवै निर्वाचन क्षेत्रका लागी विनियोजित ८ करोड बजेट रकममा नियम बमोजिम ०.५ प्रतिशत रकम जिल्ला समन्वय समितीलाई उपलव्ध गराइनेछ ।
कुनकुन स्थानिय तहमा के के याेजनामा बजेट विनियाेजित
क) इलाम नगरपालिका
- इ.न.पा. को विद्युत सब स्टेशन देखी करफोक खोला सम्मको सडक स्तरोउन्नती गर्न रु १० लाख ।
ख) माइनगरपालिका
- माई न.पा. वडा न. ४ लखन थापा चोकदेखि शुक्रबारे हुदै नगरपालिका सम्मको सडक कालोपत्रे निर्माण गर्न रु ७० लाख ।
ग) रोङ्ग गा.पा.
- मुख्य कार्यालयबाट वडा नं. १ र २ जोडने सडक निर्माण रु १० लाख
- बर भज्याङ्ग, तिलहारे दुम्से साधुटार झापा सड्क रु १० लाख
- विद्युतीकरण कार्यक्रम वडा नं. ३, ४ र ५ रु ३० लाख
- हरकटे धजे सलकपुर निन्दा सडक वडा नं. ६ रु १० लाख ।
घ) माईजोगमाई गा.पा
- सिस्ने सोमबारे आरुगोलाई हाइड्रो जोडने सड्क बिस्तार रु १० लाख
- खडग गोलाई, देउसालीगाउँ, रातोमाटे प्याङ्ग जोडने सड्क बिस्तार रु १० लाख ।
- टारी शुक्रबारे बजार, गडरे, सोयाङ्ग जोडने सडक बिस्तार रु १० लाख ।
- बज्रदेवी हातिटार माङ्गचोक सडक विस्तार रु १० लाख ।
- गुम्वा डाँडा खोल्मे घारेगाउँ, सरसिङ्ग अधेरी जोडने सड्क बिस्तार रु १० लाख ।
- विधुत विस्तार १ वडा मात्र रु १० लाख ।
ङ) सन्दकपुर गा.पा.
- देउराली गैरीगाउँ जमुना जौवारी सडक स्तोरउन्ती रु ६० लाख ।
च) सूर्योदय न.पा..
- फोहोरमैला व्यवस्थापन पुर्वाधार निर्माण रु २० लाख
- रुङसुङ्ग भिम ज्योति देखि गोर्खे आर्चाय बैदाङ्ग गाउँहुदै मानेडाँडा सडक बिस्तार रु १० लाख ।
- बौद्धधाम कटेवुङ्ग सिद्धिखोला श्रीअन्तु सडक बिस्तार रु २० लाख ।
- कन्याम चियाँफ्याक्ट्री हुँदै खड्का गाउँ, सिगम, विरिङ्गखोला सम्मजोडने सडक बिस्तार रु १५ लाख ।
- विद्युतीकरण सूर्योदय नगरपालिका रु ५० लाख ।
- स्वच्छ खानेपानी मुहान तथा वातावरण सरक्षण वडा नं. ९ रु १० लाख ।
- हरकटे, रम्याङ्ग सलकपुर हुदै निन्दा जोडने सडक स्तरोन्नति रु १५ लाख ।
इलाम क्षेत्र न २
अध्यक्षता माननीय सदस्य श्री सुवासचन्द्र नेम्वाग
निर्णय नं. १
कार्यक्रम परामर्श समितिको सिफारिश बमोजिम इलाम जिल्ला क्षेत्र नं. २ मा रहेका देहायका स्थानीय तहहरुलाई जनसख्याका आधारमा देहाय वमोजिम रकम पर्ने गरी आयोजना छनौट गरियो ।
१. इलाम न.पा. ९० लाख
२. देउमाई न.पा. ८३ लाख
३. माई न.पा. को वडा नं. ६,७,८ (सावीक महमार्इ गाविस ) रु ३२ लाख
४. चुलाचुली फाकफोथुम, माङसेवुग गाउँपालिकालाई प्रत्येकलाई रु ६५ लाख
क) इलाम नगरपालिका
- मेची राजमार्ग इन्टेक सागरुम्वा हुदै गाग्रेभज्याग सम्म जोडने ९–१२ इ.न.पा. ८० लाख स्थानीय सहभागिता ३० प्रतिशत ।
- वेतेनी चिहानडाँडा नागेटार वडा न ३ सम्म रु १० लाख ३० प्रतिशत स्थानीय जनसहभागिता
ख) माइनगरपालिका
- माई नं.पा. ६ पवित्र हाङमा हुदै सुसुलिग माङसेवुङ जोडने सडक रु १० लाख ।
- माई न.पा. ७ विरेन्द्र आ.व. भवन निर्माण रु १२ लाख ।
- माई न.पा. ८ शिवालय मन्दिर निर्माण रु १० लाख ।
ग) फाकफोथुम गा.पा.
- सल्लेरीफेदी हुदै आचेरे दोभान सडक रु ३० लाख
- सिंहदेवी मा.वि. शिकारी भज्याङ बजार आसपास पूर्वाधार (खेलमैदान) निर्माण रु २५ लाख
- ठिगेपुर निमावि भौतिक पुर्वाधार निर्माण रु १० लाख
घ) देउमाई न.पा
- ग्याली भन्जायाग रत्न सुरुग जेठी खर्क फलाटे सड्क स्तरउन्नती रु २५ लाख
- ठूलो चौरी राना चोक फुटुक ओजले सड्क रु ३० लाख
- पालसेन डुव्लिग गुम्बा (सिद्धिथुम्का) रु १८ लाख
- सुर्के सिचाई आयोजना संचालन रु १० लाख ।.
ङ) माङसेवुग गा.पा.
- माङसेवुग गा.पा. बिधुत बिस्तार कार्यक्रम रु ५० लाख
क) माङसेवुग गा पा वडा न १ सदन खोप डुहोडाडा, देउराली लामिडाँडा रु १५ लाख
ख) माङसेवुग गा पा वडा न ४ सर्चेबुग सिङफेरो मजुवा रु १५ लाख
ग) चिसापानी पन्चमी झेपाले रमिते वाझोगाँउ टोडके कुसुण्डेसम्म रु २० लाख
- राँके गैडे सडकको इमाङ्ग खण्ड सडकको ट्याक खोल्ने रु १० लाख
च) चुलाचुली गा.पा.
- कोलडाडा शिखरकटेरी फुइके सडक रु ४० लाख
- बुढीझोला खोला अधुरो पुल बाँकी काम सम्पन्न गर्ने रु १३ लाख
- बेलडागी बुकुवा सडक कल्भर्ट निर्माण रु १२ लाख