इलाम । इलामको पशुपतिनगर स्थित शसस्त्र प्रहरीको सीमा सुरक्षा पोष्टले ३९ सय प्याकेट पटका नियन्त्रणमा लिएर नष्ट गरेको छ । सीमा व्यवस्थापन र अपराध नियन्त्रणका लागि स्थापना भएको सीमा सुरक्षा पोष्टबाट खटिएको शसस्त्र प्रहरीको टोलीले पशुपतिनगरको बसपार्कबाट पटका र अबैध भारतीय मदिरा नियन्त्रणमा निई नष्ट गरेको हो ।
भारतबाट लुकाइछिपाई नेपाल आयात गरेको अवस्थामा शसस्त्र प्रहरीको टोलीले एक लाख ९० हजार बराबरको नागिन पटेका र १७ हजार बराबरको मदिरा नियन्त्रणमा लिई नष्ट गरेको हो । नियन्त्रणमा लिइएको मदिरा र पटेका स्थानीय जनप्रतिनिधि, पत्रकार र सुरक्षाकर्मीको रोहोबरमा नष्ट गरिएको सीमा सुरक्षा पोष्ट पशुपतिनगरका प्रमुख ससांक कार्कीले बताउनुभयो ।