Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

१५ महिनामा सम्पन्न गर्नुपर्ने स्वास्थ्य केन्द्रको भवन ६ वर्ष वित्दा समेत बन्न सकेन

१५ महिनामा सम्पन्न गर्नुपर्ने स्वास्थ्य केन्द्रको भवन ६ वर्ष वित्दा समेत बन्न सकेन

  • गंगा पराजुली
  • मंगलबार, कार्तिक १३ २०७५


१५ महिनामा सम्पन्न गर्नुपर्ने स्वास्थ्य केन्द्रको भवन ६ वर्ष वित्दा समेत बन्न सकेन

फिक्कल ।  १५ महिना निर्माण सम्पन्न गर्ने सम्झौता भई सुरु भएको पशुपतीनगर प्राथमिक स्वास्थ्य केन्द्रको भवन ६ बर्ष वित्नै लाग्दा निर्माण सम्पन्न स्वास्थ्य सेवा प्रभावित भएको छ । पुरानो भवन जिर्ण बन्दा केन्द्रका लागि आएका अत्यावश्यक उपकरण पनि कोचेर राखिएको छ । स्वास्थ्य केन्द्रको यतिसम्म बेहाल छ की एक्सरे मेशिन र ल्याब सामाग्रीमाथि कपडा सुकाइएको छ ।
स्वास्थ्यकर्मी र कर्मचारी बस्ने स्थान जिर्ण अवस्थामा छ । दैनिक आउने सेवाग्राहीका लागि पनि पर्याप्त स्थान नभएकाले उपचार गर्नै कठिन भएको छ । राणा शासन कालमा १९८६ सालमा नै बनेका भवनमा उपचार सेवा सञ्चालन भइरहेको छ । भवन निर्माणमा ठेक्का पाएको मिलेनियम देव एण्ड सायर कम्पनीले निर्माणको जिम्मा पाएको थियो । निर्माण कम्पनी र ठेकेदारको जेजस्तो सम्झौता रहे पनि तत्काल काम सकेर स्वास्थ्य उपचार कार्यलाई प्रभावकारी बनाउनु पर्ने स्थानीयको माग छ ।
‘उपचारमा आउनेको संख्या थपिदै गएको भएता पनि भवन अभावमा समस्या भएको हो,’ अस्पताल व्यवस्थापन समितिका पूर्व अध्यक्ष प्रमोद राईले भने ‘भवन नबनिएकै कारण यहा“का बासिन्दास“गै सवैले समस्या झेल्नु परेको हो ।’ दार्जिलिङको राजनीतिक अस्थिरताका कारण पनि यो स्वास्थ्य केन्द्र पूर्वी इलामका दर्जनौ गाउ“का बासिन्दाका लागि उपचारको एक मात्र थलो बनेको छ ।  २०६९ जेठ ११ गते क्वाटरसहितको अस्पताल भवन निर्माणका लागि ठेकेदार पक्षस“ग सम्झौता भएको हो । तर पटक÷पटक म्याद थप गर्दा पनि भवन निर्माण पुरा हुन सकेको छैन । २०७० भदौमा सम्पन्न भइसक्नु पर्ने भवन नबन्दा स्थानीयले सास्ती पाएका हुन् । २०७३ पुष ३० गतेसम्म म्याद थप गरिए पनि भवन निर्माण पुरा भएन । संघीय सरकारको मातहतमा रहेको शहरी विकास तथा भवन डिभिजन कार्यालयमार्फत निर्माणाधिन यो भवनका लागि २०७४ चैतसम्म पुनः म्याद थप गरिएको थियो । यो विषयमा भने कुनै कारवाही नभएको कार्यालयले जनाएको छ ।

निर्माणमा ढिलाइ भएपछि विविध कारण देखाउदै ठेकेदार 

‘भवन निर्माण गर्नु पर्ने स्थानमा रहेको विद्युत प्रशारण लाइन हटाउन मात्रै ३१ महिना लाग्यो,’ निर्माण कम्पनीका डम्बर गदालले भने ‘त्यहा“सम्म पुग्ने ट्रक लेभलको सडक नहुनु, अत्याधिक चिसोका कारण हिउदयाममा काम गर्न कठिन हुनु, भुकम्प र राजनीतिक उतारचढावका कारण पनि ढिलो भएको हो ।’ यी सारा अवरोध जान्दाजान्दै समयमा बिलको रकम प्रदान नभएकाले पनि समस्या आएको गदालको भनाई छ । पाउनु पर्ने डेढ करोड रुपैया“मध्ये करिव ७० लाखको काम भए पनि नपाएको उनको भनाई छ । जिर्ण भवनमा ओपेडीदेखि बर्थिङ सेन्टर, बिमा फार्मेसीलगायतका काम सम्पन्न गर्न कठिन रहेको डाक्टर कुसल वस्तीले बताए ।
‘क्वाटरको अवस्था पनि उस्तै छ,’ वस्तीले भने ‘पुरुष वस्ने स्थानमा बाथरुम छैन । ट्वाइलेटको व्यवस्था पनि राम्रो छैन । दुई डाक्टरसहित १० जनाको स्वास्थयकर्मीको टिमलाई दैनिक कामकाज र बसोबासमा समस्या छ ।’

प्रतिक्रिया
सम्बन्धित समाचार