Local Sandesh मंगलबार, चैत्र ६ २०८०
  • ट्रेण्डिङ :

सुर्योदय नगरपालिकाका ३ जना वडाध्यक्षद्धरा सवारीसाधनको दुरुपयोग

सुर्योदय नगरपालिकाका ३ जना वडाध्यक्षद्धरा सवारीसाधनको दुरुपयोग

  • सन्देश सम्बाददाता
  • शुक्रबार, कार्तिक २ २०७५


सुर्योदय नगरपालिकाका ३ जना वडाध्यक्षद्धरा सवारीसाधनको दुरुपयोग

इलाम । इलामको सुर्योदय नगरपालिकामा रहेका जनप्रनिधिहरुले सरकारी सवारीसाधनको दुरुपयोग गर्ने क्रम बढेको छ । जनताको सेवा छिटो छरितो गर्न नगरपालिका कार्यालयबाट सवारीसाधन बुझेका जनप्रतिनिधिहरुले ती सवारीसधानलाई आफ्नो पेवा बनाइ दुरुपयोग गरेका छन् ।
कामका सिलसिलामा कार्यालयबाट सवारीसाधन लिएर हिड्ने प्रावधान भएपनि काम सकेर उक्त सवारीसाधन पुन ः कार्यालमै बुझाउनुपर्ने भएपनि उक्त व्यवस्था लत्याउँदै सुर्योदय नगरपालिका वडा नम्बर ३, ८ र १० वडाध्यक्षले सवारीसाधन दुरुपयोग गरेका हुन् । सुर्योदय नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष होम कार्की, ८ का वडाध्यक्ष स्ुबासकुमार राई र नगरका प्रबक्ता समेत रहेका वडा नम्बर १० अध्यक्ष पेवाउगेन लामाले (भाइचुङ्ग)ले सरकारी मोटरसाइकल दशै बिदामा आफुखुसि चलाई सरकारी श्रोतको चरम दुरुपयोग गरेका हुन् ।
कार्यालयमा सवारीसाधन जिम्मा लाएर घरबिदामा बस्ने व्यवस्था भएपनि यी जनप्रतिनिधिहरुले बिदाको दिन मलामी जाने समेत सरकारी सवारीसाधन प्रयोग गरेको पाइएको छ ।
वडाध्यक्ष त्रयले सुर्योदय ८ निवासी खिना भट्टराईको मलामी जाँदा मे १ ब २८०, मे १ ब ६०६ र मे १ ब ६०१ नम्बरका मोटरसाइकल प्रयोग गरेका थिए । वडा न ३ का अध्यक्ष होम कार्कीले मे १ ब २८० ,वडा न ८ का अध्यक्ष सुबास कुमार राईले मे १ ब ६०१ र वडा न १० का अध्यक्ष पेमाउर्गेन लामाले मे १ ब ६०६ नम्बरका मोटरसाइकल प्रयोग गर्दै आएका छन् ।
मासिक २० हजार बढी तलब भक्ता लिइदैँ आएका वडाध्यक्षहरुले सरकारी मोटरसाइकलमा प्रयोग हुने पेट्रोलियम पदार्थ र मर्मत खर्च नगरपालिकाबाटै लिँदै आएका छन् । जनप्रतिनिधिले बिदाको दिन पनि सरकारी मोटरसाइकल लिएर आफुखुसि मलामी जाँदा समेत प्रयोग गरिँदा सरकारी सम्पतिको दुरुपयोग भएको सुर्योदय नगरबासीले गुनासो गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार