इलाम । इलामको सूर्योदय नगरपालिका ८ स्थित एक ग्यारेजमा गाडि मर्मत गर्ने क्रममा आगो लाग्दा एक मारुति भेन पुरै जलेको छ ।
रोहित नेपालले संचालनमा ल्याएको गाडि ग्यारेजमा मर्मतका लागि ल्याएको मे १ ज २३०८ नम्बरको मारुती भेन जलेर नष्ट भएको हो ।
सूर्योदय नगरपालिका ४ निबासी डम्बर घलेको सो गाडि वेल्डिङ्ग गर्ने क्रममा अचानक आगो लाग्दा जलेर नष्ट भएको प्रहरी कार्यालय पशुपतिनगरका प्रमुख हेमराज ओलीले बताउनुभयो । गाडिको चक्का छेउको भागमा मर्मत गर्दै गर्दा अचानक आगो लाग्दा गाडि पुर्ण रुपमा क्षति पुगेको छ । आज दिउँसो एक बजेर ४५ मिनेटमा जाँदा गाडिमा लागेको आगो स्थानीयबासी, प्रहरी, शसस्त्र प्रहरी र सूर्योदय नगरपालिकाको दमकलले आधा घण्टामा नियन्त्रणमा लिएपनि गाडिमा पेट्रोल धेरै भएका कारण पूर्णरुपमा क्षति पुगेको हो ।
आगोबाट गाडि मर्मत गर्दै आएका छोटु भनिने ग्यारेजका एक कामदार घाइते भएको प्रहरीले जनाएको छ । घाईते कामदारको फिक्कल अस्पतालममा उपचार भइरहेको छ ।