इलाम, । माइखोलामा डुङगा दुर्घटनाको असोज २८ गते २ बर्ष पुरा भयो । तर अझै सास्ती जस्ताको तस्तै छ । दशैको टिका थाप्न गएकाहरु डुङगा पल्टिएर मृत्यु भएको घटना माई नगरबासीले अझै विर्सिएका छैनन् । विगतको घटना सम्झीदै स्थानिय चन्द्र तामाङ भन्छन ‘सवैलाई गन्तव्यसम्म पुग्न हतारो थियो त्यही अवसरको मौका छोपेर डुङगा चालकले आफु खुशी सय देखी २ सयसम्म असुलेर गुन्द्रुक खाँदै झै यात्रुहरुलाई खोला पार गराइरहेको थियो । कति यात्रु आए कति गए भन्नेसम्म संचालकलाई जानकारी थिएन । त्यही भार थेग्न नसकेर पुरानो डुङगा करिव ६० जनासँगै माइमा डुव्यो । हेर्दा हेदै माइखोलामा ह्रवारहवारती मानिसहरु बग्न थाले कोही पौडिएर किनार तिर आए त कोही नदीको बेगसँग बगेर गए ।’
खोलाबाट उद्धार गरिएका ३४ जनाले नयाँ जिवन पाए भने ८ जनाको अमुल्य जिवन माइखोलामा बिलायो । त्यो घटनाले हेदौ हेदै दसैँको उल्लासलाई शोकमा परिणत गर्दै मुलुकलाई नै स्तब्ध पा¥यो । घटनामा ६ बर्षिया जुम्ल्याहा पुष्पा र अञ्जली सहित ८ जनाले अकालमा ज्यान गुमाए । जसमा ४ जना महमाईका स्थायी बासिन्दा थिए ।
माइखोलाको वारीपटी पुर्व प्रधानमन्त्री झलनाथ खनालको निर्वाचन क्षेत्र हो भने पारीपटी पुर्वसभामुख सुवासचन्द्र नेम्वाङको निर्वाचन क्षेत्र । दुवै निर्वाचन क्षेत्रलाई जोडने आधा किलोमिटर बढी लामो पुल निर्माणाधिन छ । त्यही बाटो हूदै आदिवासी जनजाती नेता एवम नेपाली कांग्रेसका पुर्व साँसद नगेन्द्रकुमार कुमाल मुल घर जाने गर्छन ।
खोलामा पानी बढ्न थालेपछि मालवाहक तथा यात्रुवाहक कुनैपनि सवारी साधनहरु चल्न सक्दैनन् । मानिसहरु पुरानो काठको डुङ्गा प्रयोग गर्न बाध्य छन् । असार देखी असोजसम्मको अवधीमा माइ नगरपालिकाको महमाइ र माङसेबुङ गाउँपालिकाको बासिन्दालाई खाद्य सामग्री ढुवानी र आवत–जावत गर्न समस्या हुने गरेको छ । वर्षौदेखिको सास्ती उनीहरुको दिनचर्या जस्तै भएको छ ।
लाइफ ज्याकेट प्रयोग गर्न अन्कनाउँछन यात्रु
जोखिम न्युनिकरणका लागी भनेर डुङगामा लाइफ ज्याकेटको व्यवस्था भएपनि डुङगा संचालकले लाइफ ज्याकेट प्रयोग गर्दैनन् । लाइफ ज्याकेट भएपनि यात्रुहरु प्रयोग गर्न नमान्ने डुङगा संचालक पर्शुराम बास्तोला बताउँछन । उनले भने ‘ मानिसहरु सफा लुगा लगाएर आएका हुन्छ लाइफ ज्याकेट लगाउनुस भन्दा यस्तो फोहोर ज्याकेट हामी लगाउँदैनौ भन्छन । दिनै लाइफ ज्याकेट धुने कुरो पनि आएन । ’ माईखोलाको वहाव ठूलो हुने र वर्षादको समयमा भलबाढी चलिरहने भएकाले डुङ्गाको मात्रै सहाराले खोला तर्न मुस्किल हुने गरेको छ । चुरे क्षेत्रका स–साना खहरे खोलाहरुको जोखिम उच्च रहेको छ । वर्खा समय लाग्नासाथ उर्लेर आउने खहरेले बर्षेनी लाखौ धनजनको क्षती गर्ने गरेको छ ।
माइखोलामा संचालन हुने डुङगाको नगरपालिकाले समेत अनुगमन गर्दैन । माइ नगरपालिका प्रमुख दिपक थेवे अनुगमन गर्ने कार्य महमाई प्रहरी चौकीलाई जिम्मा दिएको बताउँछन । उनी भन्छन ‘ लाइफ ज्याकेट लगाएको नलगाएको अनुगमन प्रहरीले गर्छ हामीले गरेको छैनौ ।’
माइखोला पारीका ३ वटा वडाका जनप्रतिनिधी पनि दैनिक जसो त्यही डुङगाको भरमा नगरपालिकको केन्द्र आउने गरेका छन । डुङगा दुर्घटनापछि विभिन्न संघसंस्थाहरुले ३० भन्दा बढी लाइफ ज्याकेट दिएपनि प्रहरी चौकीमै थन्किएको छ । जिल्लाको माई, जोगमाई, देउमाई र पुवामाईको मिश्रण भएर गएको खोला त्यस क्षेत्रमा पुग्दा अत्यधिक ठूलो हुने गरेकाले तर्न समस्या हुने गरेको छ । खोलाको फैलावट आधा किलोमिटर भन्दा बढी छ । बजार, क्याम्पस र माध्यमिक विद्यालयहरु महमाइबासीका दैनिक गन्तव्य हुन । उच्च शिक्षा अध्ययन गर्न दर्जनौं विद्यार्थी वर्खा लागेपछि ४ महिना आधा घण्टा टाढा रहेको मावि र क्याम्पसमा पढ्नका लागि डेरा नै बस्नुपर्ने अवस्था रहेको विद्यार्थी पुजा दाहाल बताउँछिन ।
सम्झौता अवधीमा काम सम्पन्न नभएपनि निर्माण कार्य तिब्र
२ बर्ष अघिको डुङगा दुर्घटनापछि पुलको निर्माण कार्यले गति लिएको छ । २५ करोड ७१ लाख ७३ हजार ५ सय ६६ रुपैयाको लागतमा दुवै निर्वाचन क्षेत्र जोेडने ५५० मिटर लामो पुल निर्माण कार्यले ५ बर्षमा सक्ने गरी २०६९ असार २६ गते सुर्य इलाइट जेभी र सडक विभाग पुल महाशाखा अन्र्तगतको पुल योजना पुर्वी क्षेत्र सेक्टर नं १ धरानविच सम्झौता भएको थियो । योजना शाखाका डिभिजन इन्जिनियर अर्जुन अर्याल भन्छन ‘ पुल निर्माण सम्झौता अवधीमा सम्पन्न नभएपनि काम धमाधम भएकाले आगामी असारसम्ममा पुर्ण रुपमा सम्पन्न हुन्छ । ’ २०७४ असार मसान्तमा पुल निर्माण सम्पन्न हुनुपर्ने भएपनि भुकम्प र नाकावन्दीका कारण पुल निर्माणको म्याद १ बर्ष थपिएको थियो । पुलको काममा अवरोध नभएपछि पुलसम्म जाने बाटोको समस्या देखिएपछि मिलाउने जिम्मा स्थानियलाई दिएको अर्यालले बताए । १३ वटा पिलर मध्ये ९ बटा पिलरमा स्ल्याव हाल्ने काम सम्पन्न भइसकेको छ भने २ वटामा स्ल्याब हाल्ने तयारी भइरहेको छ ।