इलाम । ६३ औँ प्रहरी दिवशको अवसरमा जिल्ला प्रहरी कार्यालय इलाम द्वारो अमर प्रहरी परिवारहरुका छोराछोरीलाई शैक्षिक सामग्री वितरण गरेको छ । जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख माधव श्रेष्ठ र प्रहरी नायव उपरिक्षक टंकप्रसाद भट्टराई सहितको प्रहरी टोलीले इलाम नगरपालिका ७ मा बसोबास गर्ने अमर प्रहरी परिवारलाई फलफुल र शैक्षिक सामग्री वितरण गरेको हो ।
जिल्ला प्रहरी कार्यालयको टोली घर आगनमा गई फलफुल तथा बालबालिकाहरुलाई कापी कलमहरु बितरण गरेको हो । अमर परिवार संग भेटघाट समेत गर्नु भई फलफुल तथा बालबालिकाहरुलाई कापी कलमहरु बितरण गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।