रोङ । इलामको रोङ गाँउपालिकामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुने स्थानिय रोङ गाँउपालिका–६ वन्सुवाकी अन्दाजी ३५ बर्षिया फुलमाया राई रहेकी छन । मानसिक सन्तुलन ठिक नभएकी राई सोमबार घरबाट निस्किएकी थिइन । लामो समयसम्म पनि घर नफर्केपछि खोजी गर्ने क्रममा साँझ ७ बजे घरबाट ६० मिटर जति पर रहेको भिरबाट १ सय मिटर जती तल खसेर मृत्यु भएको अवस्थामा श्रीमान कालुमान राईले फेला पारेका थिए । मृतकको इलाका प्रहरी कार्यालय पशुपतीनगरबाट खटिएको टोलीले मुचुल्का गरेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी हबलदार बिजय राईले जानकारी दिनुभयो । शबलाई कानुनी प्रक्रिया पुरा गरेर प्राथमिक स्वास्थ्य केन्द्र फिक्कलमा पोष्टमार्टमको लागी ल्याइने प्रहरीले जनाएको छ ।