रोङ । इलामको रोङ गाँउपालिका–३ कुटिडाँडामा रहेको पाथिभरा संरक्षण संस्थाको १७ औ साधारणसभा सुरु भएको छ । संस्थाका अध्यक्ष दौलत राईको अध्यक्षतामा सुरु भएको साधारणसभाको प्रमुख अतिथी गाँउपालिका अध्यक्ष शम्शेर राई , विशेष आतिथी वडा नं ३ का अध्यक्ष मातृका बराल रहेका थिए । गाँउपालिका अध्यक्ष राईले पानसमा बत्ती बालेर औपचारिक कार्यक्रमको उद्धघाटन गरे ।
संस्थाकी सदस्य सुस्मा राईको स्वागत मन्तव्य रहेको कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सदस्य श्रीप्रसाद खरेल, नेकपा रोङ गाँउपालिका अध्यक्ष देवकुमार राई, विशेष अतिथी बराल र प्रमुख अतिथी राईले शुभकामना मन्तव्य राखेका थिए । साधारणसभाको बन्द सत्रले आगामी कार्यकालको लागी नयाँ नेतृत्व समेत चयन गर्ने अध्यक्ष दौलत राईले जानकारी दिए ।