Local Sandesh बुधबार, कार्तिक २६ २०८३
  • ट्रेण्डिङ :

भारत तर्फ लग्दै गरिएका ३ जना किशाेरीकाे पशुपतीनगरबाट उद्धार

भारत तर्फ लग्दै गरिएका ३ जना किशाेरीकाे पशुपतीनगरबाट उद्धार

  • सन्देश सम्वाददाता
  • शुक्रबार, असोज १९ २०७५


भारत तर्फ लग्दै गरिएका  ३ जना किशाेरीकाे पशुपतीनगरबाट उद्धार

पशुपतीनगर । इलामको सुर्योदय नगरपालिका–२ स्थित पशुपतीनगरबाट ३ जना किशाेरीकाे उद्धार गरिएको छ । ललाइफकाई बेच्न भारत तर्फ लग्दै गरिएका २ जना १६ बर्षिया र १ जना १५ बर्षिया किशाेरीलाई माइती नेपालको सहयोगमा इलाका प्रहरी कार्यालय पशुपतीनगरले उद्धार गरेको हो । असोज १६ गते विहान प्रहरी निरिक्षक हेमराज ओलीको नेतृत्वको टोलीले उद्धार गरि एक जना किशाेरीलाई अभिभावकको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी हवलदार बिजय राईले जानकारी दिए । घटनामा संलग्न ३ जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार