Local Sandesh बुधबार, कार्तिक २६ २०८३
  • ट्रेण्डिङ :

इलाममा अनौठो रोगका कारण बिद्यालय नै बन्द

इलाममा अनौठो रोगका कारण बिद्यालय नै बन्द

  • रोशन काफ्ले
  • शनिबार, असोज १३ २०७५


इलाममा अनौठो रोगका कारण बिद्यालय नै बन्द

इलाम । इलामको सुर्योदय नगरपालिका वडा नं १४ लक्ष्मिपुर बतासेको सरस्वति माध्यमिक बिद्यालयका छात्राहरुमा अनौठो रोग देखा परेको छ । कक्षा ७ देखि १० सम्मका छात्राहरुलाई चिच्याउने, काल्लिने, आत्तिने, हात खुट्टा चिसो हुने र हात मुठि पार्ने लगायतको अनौठो रोगले ग्रस्त बनाएको हो ।

बिगत ३ बर्ष अगीदेखि सामान्य रुपमा देखिदै आएको भएपनि पछिल्लो समयमा आइपुग्दा जटिल बन्दै गएको छ । अस्पताल्ले रोग पत्ता लगाउन नसके पछि र धामिझाँक्री र झारफुकको माध्यमबाट बिचमा केहि समाधान आएको , तर गत बिहिबार बिद्यालयका १० जना छात्राहरलाई एकैपटक लक्ष्यण देखापरेको बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष उदय अधिकारीले बताउनु भएको छ ।

३ दिन अगिदेखि पुराना साथै नयाँ छात्राहरुलाई रोगले पुन ः सताउन थालेपछि शुक्रबार बिद्यालय नै बन्द गरिएको थियो । छात्रालाई मात्र लक्ष्यण देखिने उतm रोगको पहिचान हुन नसक्दा बिद्यालयमा ठूलो समस्या आइपरेको अध्यक्ष अधिकारीले बताउनु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार