इलाम । इलाम जिल्लाको दोश्रो जिल्ला सभा ३१ बुंदे बिषेश प्रस्ताव पारि गर्दै सम्पन्न भएको छ । स्थानीय नागरिकको आवश्यकता र तिब्र विकासलाई प्राथमिकता दिँदै इलाम जिल्लास्तरीय नीति पारित गरिएको जिल्ला समन्वय समितिका प्रमुख गणेश बरालले बताउनुभयो ।
दोस्रो जिल्ला सभाले भष्टाचारमुक्त प्रशासन, शुसासन,पारदर्शिता र जवाफदेहि शासन व्यवस्था कायम गर्दै जिल्लाभित्रका सवै स्थानीय तहहरुका वडा कार्यालय भवन आगामी ३ बर्षभित्र निर्माण गर्ने निति पारित गरेको छ । इलामका १० वटै स्थानीय तहका प्रमुख, उपप्रमुख, जिल्ला समन्वय समितिका सबै प्रदाधकारी र सदस्य सहभागि सभाले बुरुजु र पेश्की शुन्य पार्न सवै स्थानीय तहमा आवश्यक पहल गने निर्णय गरेको छ । इलाम जिल्लाको विकास निर्माण गर्दा विपद् तथा जलवायुजन्य जोखिम न्यूनिकरण एवं वातावरण संरक्षणका जस्ता कार्यक्रम कार्यान्वयन गर्न प्रदेश सरकार र स्थानीय तहसँग समन्वय गरि न्युनिकरण गर्ने जिल्ला सभाको निति छ ।
जिल्लाको सन्तुलित विकासका लागि विपन्न महिला, बालबालिक, दलित, आदिवासीरजनजाति, पिछडा वर्गको मागलाई सम्बोधन गर्ने, स्थानीय तह, डिभिजन कार्यालय, संघ संस्थाहरुद्धारा सम्पादित विकास निर्माणको काम पारदर्शी प्रभावकारी अनुगमन गर्ने, योजना कार्यान्वयन र मूल्याङ्कन कार्य वार्षिक कार्यतालिका बनाई गर्ने, कृषि आधुनिकिकरणको अवधारणा कार्यान्वयन गरि खेतीयोग्य जमीनमा हावापानी माटो र वातावरण सुहाउँदो खेतीबालीको विकास गर्दै चिया,कफी सुन्तला, कागती, किवी, एभोकाडो खेतीको विकास गर्न १० वटै स्थानीय तहमा कृषि विज्ञको व्यवस्था गर्ने जिल्ला सभाले निति पास गरेको जिल्ला समन्वय अधिकारी झरेन्द्र प्रसाद चापागाईले बताउनुभयो ।
छरिएर रहेको बस्तिलाई एकीकृत वस्तीको रुपमा विकास गर्न सम्भाव्यता अध्ययन गरि सिफारिस गर्ने, इलामको चुरे तथा उच्च पहाडी क्षेत्रमा रहेका बनजंगल, प्राकृतिक श्रोत संरक्षणका लागि पहल गर्ने, पूर्वाधार निर्माणका लागि बातावरणीय प्रभाव मुल्याङ्कन गरेर मात्रै योजनाबद्ध भौतिक पूर्वाधारको काम गर्ने, सहकारी क्षेत्रलाई गरिवी निवारणको एक माध्यमको रुपमा प्रोत्साहन गर्ने, श्रममा आधारीत र वातावरण मैत्री ग्रामिण सडक निर्माण गर्ने र प्राविधिक प्रतिवेदनका आधारमा मात्रै डोजरको प्रयोग गर्न अनुमति दिने दोस्रो जिल्ला सभाले निति पास गरेको छ । यस्तै कृषिजन्य वस्तुहरुका बजार पहुँचका लागि ग्रामिण सडकहरुको सुधार गर्ने, प्रत्येक बर्षको असार देखि भाद्र मसान्त सम्म ट्रयाक्टर आवागमनमा रोक लगाउने, जिल्लाका मुल सडक संजाल भित्र पर्ने खोलाहरुमा सडक पुलको निर्माण गर्न डिटेल इन्जिनियरिङ्ग सर्वेक्षण सक्ने, कृषि जन्य वस्तु अलैंची, अदुवा, सुन्तलाजात फलफुल, अकबरे खुर्सानी, व्यवसायिक तरकारीमा उपयुक्त कृषि प्रविधि हस्तान्तरण प्रदेश सरकार र स्थानीय सरकार समक्ष समन्वय गर्ने र स्थानीय पहिचानका पशुपंक्षीहरुको मुल्य अभिवृद्धि श्रृंखला आवद्ध हुने गरी कार्यक्रम सञ्चालन गर्न पहल गर्ने निति पास भएको छ ।
यस्तै सवै स्थानीय तरुमा पशुहरुमा कृतिम गर्भाधान सेवाको क्षेत्र विस्तार गर्ने, इलाम सदरमुकामको खानेपानी आयोजनाको काम समयमै सम्पन्न गर्न विशेष पहल गर्ने, निर्माणाधिन सुकिलुम्वा बिमानस्थलको बाँकी काम यथासिघ्र सम्पन्न गर्न पहल गर्ने, स्थानीय तहहरुमा सहायक सडकहरुको चौडाई कायम गर्ने, पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार विकासमा पहल गर्ने, ऐतिहासिक धार्मिक, सांस्कृतिक सम्पदाहरुको संरक्षणमा निरन्तरता दिने, १२ बर्ष मुनिका वालवालिकाहरुको शिक्षामा पहुचलाई सुनिश्चित गर्ने, जिल्ला सदरमुकाम जोडने दमक–लखनपुर चुलाचुली मिलनचोक तिनतले महमाई सडकको निर्माणमा पहल गर्ने, धेरै बिद्युुत उत्पादन कम्पनी रहेको इलाममा जलाधार क्षेत्रमा बृक्षारोपण गर्ने र चेलिवेटी वेचविखन, देह व्यापार, बलत्कार,घरेलु हिंसा लगायतका महिला हिंसा नियन्त्रणका लागि सामाजिक जागरण वढाउने निर्णय भएको जिल्ला समन्वय समितिका उपाध्यक्ष चित्रकला बराइलिले बताउनुभयो ।
५ वटा बिषेश प्रस्ताव पास
बिहिबार सम्पन्न जिल्ला सभाले जिल्लासभाले ५ वटा बिषेश प्रस्ताव पास गरेको छ । जसमा जिल्ला समन्वय समितिका उपप्रमुख, सदस्यहरु र निर्वाचित स्थानीय तहका पदाधिकारीहरुको मर्यादाक्रम निर्धारण गर्न नेपाल सरकारसंग अनुरोध गरेको छ । यस्तै स्थानीय तहका पदाधिकारिहरुको सेवा सुविधाहरु समयसापेक्ष वनाउन ऐन संशोधन गर्न, जिल्ला निकासी करको बाँडफाँड र ढुगाँ गिटी वालुवाको कानूनी ब्यवस्था गर्न प्रदेश सरकारलाई अनुरोध गरेको छ भने लिजमा दिएको चिया बिकास निगमको चिया वगानहरुमा कार्यरत मजदुरहरुको समस्या समाधान गर्न र लिज पुनरावलोकन गर्न संघ सरकारमा अनुरोध गर्ने निर्णय गरेको छ । यस्तै उन्नति समावेशी कार्यक्रमको बाँकी काम अबिलम्व सम्पन्न गर्ने उचित ब्यवस्था मिलाउन सरकार दोस्रो जिल्ला सभाले अनुरोध गरेको छ ।
३ वटा समितिहरु गठन
दोस्रो जिल्ला सभाले जिल्ला सभाका कामहरुलाई ब्यवस्थित गर्न पाँच पाँच जना सदस्यहरु रहेको ३ वटा समितिहरु गठन गरेको छ । जसमा पुर्वाधार बिकास समितिको सयोजकमा सुर्योदय नगरपालिकाका प्रमुख रण बहादुर राई सदस्यहरुमा जिल्ला समन्वय समितिको सदस्य पुर्ण बहादुर वस्नेत, चुलाचुली गाउँपालिकाका अध्यक्ष प्रदिपचन्द्र राई, फाकपोकथुम गाँउपालिकाका अध्यक्ष राम कुमार श्रेष्ठ र सन्दकपुर गाउपालिकाका उपाध्यक्ष शोभा पराजुली रहनुभएको छ ।
आर्थिक बिकास समितिको सयोजकमा इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत सदस्यहरुमा देउमाई नगरपालिकाका प्रमुख सुर्य पोखरेल, जिल्ला समन्वय समिति सदस्य रत्न बहादुर अधिकारी, सुर्योदय नगरपालिकाका उपप्रमुख दुर्गादेवी भट्टराई र रोङ्ग गाउँपालिकाका अध्यक्ष शमसेर राई रहनु भएको छ ।
यसैगरी सामाजिक बिकास समितिको संयोजकमा जिल्ला समन्वय समितिका उपप्रमुख चित्रकला वराइली सदस्यहरुमा जिल्ला समन्वय समितिका सदस्य चन्द्रबहादुर मगर, माई नगरपालिकाका उपप्रमुख बिष्णुमाया रिमाल, माईजोगमाई पाउपालिकाका अध्यक्ष जित बहादुर राई र माङसेवुङ्ग गाँउपालिकाका उपाध्यक्ष श्री सुनिता सुब्बा रहनु भएको छ ।
राजश्वको बाँडफाँड
जिल्ला समन्वय समितिको दोस्रो सभाले निकासी कर र जग्गा रजिस्टे«शन दस्तुरको रकम समानुपातिक हिसावले इलामको १० वटै स्थानीय तहमा वितरण गरिएको छ । दोस्रो जिल्ला सभाले सुर्योदय नगरपालिकालाई रजिस्टे«शन दस्तुर टड,द्धडद्दटद्द।ठ निकासी कर ज्ञठद्दण्छछघ।डठ गरि ८५ लाख ६८ हजार ८ सय १६, इलाम नगरपालिकालाई रजिस्टे«शन दस्तुर ४८ लाख १० हजार ६ सय २१ र निकासी कर १७ लाख २० हजार ५ सय ५३ गरि ६५ लाख ३१ हजार १ स ७५ रपैँया प्रदान गरिएको छ ।
यस्तै चुलाचुली गाउँपालिकालाई रजिस्टे«शन दस्तुर ७ लाख ६२ हजार ९ सय ४५ र निकासी कर १७ लाख २० हजार ५ सय ५३ गरि २४ लाख ८३ हजार ४ सय ९९ रुपैयाँ प्रदान गरिएको छ भने माई नगरपालिकामा जिस्टे«शन दस्तुर ४ लाख १८ हजार ७ सय २९ निकासी कर १७ लाख २० हजार ५ सय ५३ गरि २१ लाख ३९ हजार २ सय ८३ रुपैयाँ परेको छ । यस्तै देउमाई नगरपालिकामा रजिस्टे«शन दस्तुर ३ लाख ८९ हजार एक सय ८६ र निकासी कर १७ लाख २० हजार ५ सय ५३ गरि २० लाख ९९ हजार ७ सय ४० विभाजित भएको छ भने माई जोगमाई गाउँपालिकामा ३ लाख ९४ हजार ७ सय ८६ रजिष्टे«सन दस्तुर र निकासी कर १७ लाख २० हजार ५ सय ५३ गरि २१ लाख १५ हजार ३ सय ४० रुपैयाँ प्रदान गरिनेछ ।
यस्तै रोङ गाउँपालिकामा रजिस्टे«शन दस्तुर २ लाख ८० हजार ९ सय ५३ र निकासी कर १७ लाख २० हजार ५ सय ५३ गरि २० लाख १५ हजार ७ रुपैयाँ प्रदान हुनेछ भने फाकफोकथुम गाउँपालिकामा २ लाख ४४ हजार १ सय ५४ रुपैयाँ जिस्टे«शन दस्तुर र निकासी कर १७ लाख २० हजार ५ सय ५३ गरि १९ लाख ६४ हजार ७ सय ८ रुपैयाँ प्रदान हुनेछ । यसैगरि सन्दकपुर गाउँपालिमकामा रजिस्टे«शन दस्तुर २ लाख ३५ हजार ६ सय ५४ र निकासी कर १७ लाख २० हजार ५ सय ५३ गरि १९ लाख ५६ हजार २ सय ७ राजश्व परेको भने माङसेवुङ्ग गाउँपालिकामा ८३ हजार १ सय ३० रुपैयाँ रजिस्टे«श दस्तुर र निकासी कर १७ लाख २० हजार ५ सय ५३ गरि १८ लाख ३६ हजार ८४ रुपैयाँ बाँडफाँड भएको जिल्ला समन्वय समिति इलामका अध्यक्ष गणेश बरालले बताउनुभयो ।
श्रोत हस्तान्तरण
दोस्रो जिल्ला सभाले जिल्ला समन्वय समितिको स्वामित्वमा रहेका जग्गा तथा भौतिक संरचनाहरुको स्वामित्व स्थानीय तहहरुलाई हस्तान्तरण समेत गरेको छ । जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको इलाम नगरपालिका. ७ इलाममा रहेको किता नं ५ ५८, ५९२, ६६५, ६६६, ६६९, ६७१ को १ रोपनी १२ आना २ पैसा १ दाम जग्गा भौतिक संरचना इलाम नगरपालिकालाई हस्तान्तरण गर्ने निर्णय गरेको छ । यस्तै साबिक समालवुङ्ग १ इलामको किता न ८९ को १० रोपनी जग्गा र भवन र साविक श्रीअन्तु गाबिस १ को किता न १ सय ३८ को ४ रोपनी जग्गा सुर्योदय नगरपालिकालाई हस्तान्तरण गर्ने निर्णय गरेको छ । इलाम र झापाको सीमा क्षेत्रमा रहेको रोङ्ग गाँउपालिकास्थित जोरकलश भवन संरक्षण र सम्वर्दन गर्न रोङ्ग गाँउपालिकालाई हस्तान्तरण गर्ने निर्णय गरिएको छ ।
पुर्व सभामुख तथा प्रतिनिधि सभा इलाम क्षेत्र नम्बर २ का सुवासचन्द्र नेम्वाङ्गको प्रमुख आतिथ्यतामा सम्पन्न भएको जिल्ला सभामा प्रदेश सभा सदस्य धिरेन शर्मा रमण, राम बहादुर राना मगर, खिनु लङ्गवा लिम्वु र काजीमान कागतेले सानुपातिक विकास निर्माणका लागि स्थानीय तह, प्रदेश र केन्द्र सरकारदलाई सुझाव दिँदै जिल्ला समन्वय समितिले काम गर्नुपर्ने बताउनुभएको थियो । दास्रो जिल्ला सभाले चालु आर्थिक बर्षमा जिल्ला समन्वय समितिको लागि संघीय सरकारबाट १,२२,५९,०००।– रकम बिनियोजन भएकोमा अनुमानित खर्च समेत पास गरेको छ ।