Local Sandesh बुधबार, कार्तिक २६ २०८३
  • ट्रेण्डिङ :

सुर्योदय नगरपालिकाले मेची राजमार्गको क्षेत्राधिकार खाली गराउने

सुर्योदय नगरपालिकाले मेची राजमार्गको क्षेत्राधिकार खाली गराउने

  • नमीन ढकाल
  • सोमबार, असोज ८ २०७५


सुर्योदय नगरपालिकाले मेची राजमार्गको क्षेत्राधिकार खाली गराउने

फिक्कल । सुर्योदय नगरपालिकाले सडक ऐन २०३१ अनुसार मेची राजमार्गको क्षेत्राधिकार कायम गराउने भएको छ । नगरपालिकाले असोज २ गते सार्वजनिक सुचना जारी गरेर कन्यामको पालटाङ्गेबाट भालुखोपसम्मको मेची राजमार्गको दायाँबायाँ १५÷१५ मिटर क्षेत्राधिकारभित्रका निजी तथा सार्वजनिक घर टहरा, पाटीपौवा, विद्युत पोलहरु मंसिर १५ गतेसम्म हटाउन सुचना जारी गरेको हो । नेपालको संविधानको अनसुची ८ मा स्थानिय तहको अधिकार क्षेत्रहरु मध्ये स्थानिय सडक र ग्रामिण सडक कृषि सडक उल्लेख गरिएको भन्दै मेची राजमार्गमा क्षेत्राधिकार कायम गर्न सुरु गरिएको बताएको छ ।

त्यसैगरी स्थानिय सरकार संचालन ऐन २०७४ को दफा ११ को उपदफा ट अन्र्तगत यातायातको सुरक्षण, नियमन एवम स्थानिय सडक, ग्रामिण सडक तथा कृषि सडकको व्यवस्था गरेको सुचनमा उल्लेख गरिएको छ । स्थानिय सरकार संचालन ऐनको दफा ४५ ले समेत सडकको क्षेत्राधिकार नगरपालिकामा निहित रहेको भन्दै सडकहरुको क्षेत्राधिकार खाली गराउने समिती बनाएर अघि बढेको छ । नगरपालिकाले मेची लोकमार्ग दायाबाँया १५÷१५ मिटर कायम गर्नका लागी घर टहरा निर्माण गर्दा थप ६ मिटर सेटव्याक छोडेर घरनक्सा पास गरेर निर्माण गर्न आग्रह गरेको छ ।

यसअघि पनि सुर्योदय नगर कार्यपालिकाले गत माघ १२ गते १५ दिने सार्वजनिक सुचना जारी गरेर सुर्योदय नगरपालिकाको मेची लोकमार्ग क्षेत्राधिकार खाली गराउनुपर्ने भएकाले सडकको बिच भागबाट दायाँ बाया १५÷१५ मिटरभित्रको स्थायी तथा अस्थायी संरचना हटाउन आग्रह गरेको थियो । तर स्थानियले संर्घष समिती बनाएर विरोध जनाएपछि नगर कार्यपालिका निर्णय कार्यान्वयनबाट पछाडी हटेको थियो । २०७१ साल भदौमा गरिएको सर्वेक्षण अनुसार तत्काल अबस्थामै झापा–इलामको सिमाना जोरकलशदेखी इलामको राजदुवालीसम्म १५ मिटर कायम गर्दा ८ सय भन्दा बढी घर परिवार विस्थापित हुने खतरा रहेको स्थानियले बताएका छन ।

प्रतिक्रिया
सम्बन्धित समाचार