इलाम । संविधान दिवसको अवसरमा इलामको रामसार क्षेत्र माईपोखरी सरसफाई गरिएको छ । संविधान दिवसको अवसर पारेर सन्दकपुर गाउँपालिका इलामले रामसार क्षेत्र माईपोखरीको सरसफाई गरेको हो ।
सन्दकपुर गाउँपालिकाका अध्यक्ष उदरबहादूर राईको नेतृत्वमा बुधबार बिहान माईपोखरी क्षेत्रको सरसफाई गरिएको प्रवक्ता गिरिराज खनालले बताए । माईपोखरी सरसफाई कार्यक्रममा सन्दकपुर गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, संघसंस्था प्रतिनिधि र सर्वसाधारणको उपस्थिति रहेको थियो ।