Local Sandesh सोमबार, साउन ११ २०८३
  • ट्रेण्डिङ :

कार्यालय सहयोगीको भरमा मानेभञ्ज्याङ्ग छोटी भन्सार

कार्यालय सहयोगीको भरमा मानेभञ्ज्याङ्ग छोटी भन्सार

  • सन्देश सम्वाददाता
  • बिहिबार, असोज ४ २०७५


कार्यालय सहयोगीको भरमा मानेभञ्ज्याङ्ग छोटी भन्सार

मानेभञ्ज्याङ्ग । इलामको सूर्योदय नगरपालिका १ स्थित मानेभञ्ज्याङ्ग छोटी भन्सार कार्यालय कार्यालय सहयोगी भरमा रहेको छ । पूर्वी पहाडी क्षेत्रको पशुपतिनगर भन्सार कार्यालय इलाम अन्तरगत रहेको छोटी भन्सार कार्यालय एक जना कार्यालय सहयोगीको भरमा संचालन हुँदै आएको हो ।

  चार जना कर्मचारीले संचालन गर्ने मानेभञ्ज्याङ्ग छोटी भन्सार कार्यालयमा अहिले कार्यालय सहयोगी लाउरे धिमाल मात्रै कार्यारत रहेका छन् । नेपालबाट तरकारी, जडिबुटी निर्यात हुने र भारतबाट दैनिक उपभोग्य सामग्री आयात हुँदै आएको मानेभञ्ज्याङ्ग नाकामा दरबन्दी अनुसारको कर्मचारी नहुँदा चोरी तस्करी बढेको छ । भन्सार कार्यालयमा जनशक्ति नहुँदा राजश्व पनि न्युन मात्रै संकलन हुँदै आएको हो ।

अघिल्ला वर्षहरुमा राजश्व लक्ष्य अनुसार संकलन भएपनि कर्मचारी कम हुँदा अहिले मासिक २० देखि २५ हजार मात्रै संकलन हुँदै आएको कार्यालय सहयोगी लाहुरे धिमालले बताए ।
छोटि भन्सार कार्यालयको भवन आफ्नै भवन जिर्ण भएपछि अझै निर्माण भएको छैन । २०६८ साल अशोजमा गएको भुकम्पबाट कार्यालयको भवन क्षतिग्रस्त भएपछि कार्यालय अहिले भाडामा बस्दै आएको हो । भवन निर्माणका लागि धेरै पटक अनुरोध गरिएपनि अझैसम्म काम नभएको सूर्योदय नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष राजकुमार सेरेङले बताए ।


पशुपतिनगर भन्सार कार्यालयका निमित्त प्रमुख सुरेस थपलियाका अनुसार दरबन्दि अनुसार कर्मचारी नहुँदा कार्यालय सहयोगी खटाइएको हो । पशुपतिनगर भन्सार कार्यालयमा १७ जना कर्मचारीको दरबन्दि रहेपनि अहिले ९ जना मात्रै कार्यारत रहेका छन् । शाखा अधिकृत, ६ जना नायब सुब्बा, ९ जना कार्यालय सहयोगी र एक लेखापाल दरबन्दि रहेको भन्सार कर्यालयमा अहिले ६ कार्यालय सहयोगी ३ जना नायव सुब्बा र एक लेखापाल मात्रै कार्यारत रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार