Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

कन्याम क्षेत्रमा सरसफाई अभियान

कन्याम क्षेत्रमा सरसफाई अभियान

  • रोशन काफ्ले
  • आइतबार, भाद्र ३१ २०७५


कन्याम क्षेत्रमा सरसफाई अभियान

कन्याम । सरसफाई सप्ताहको अन्तिम दिन तथा बिश्व सरसफाई दिवसका अवसरमा कन्याम लगायत जिल्लाका विभिन्न स्थानमा सरसफाई गरिएको छ । इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सीनाको नेतृत्वमा सुरक्षा निकायका प्रमुख सहितको टोलिले सूर्योदय नगरपालिकाको कन्याम इलाम बजार सहित रोङ गाउँपालिकामा सरसफाई अभियान संचालन गरेको हो ।

प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोलीले रोङ गाउँपालिकाको जोरकलसदेखि सूर्योदय नगरपालिकाका बिभिन्न स्थानमा सरसफाई गरेको छ । टोलीले कन्याम क्षेत्र समेत सरसफाई गरेको छ । त्यसैगरी इलाम चोक बजार देखि ठूलो टुडिखेल सम्मका सडक सरसफाई गरिनुका साथै सडकको दुवै किनारको झार समेत उखेलीएको छ । सरसफाई सप्ताहका अवसरमा बजार, सडक , मठ मन्दिर , सार्वजनिक स्थल , बिद्यालय सरसफाई गरिएको प्रजिअ तिम्सिनाले बताए ।

 

फोहोर संकलनका लागि डोको
होटल ब्यावसायी संघ इलामले पर्यटक लगायत बटुवाले फाल्ने फोहोर संकलनका लागि इलाम बजारमा डोको राखेको छ । बिजुलीका खम्वामा राखीएको डोकोमा छरिएर रहेको फोहोर जो कोहीले पनि टिफेर राख्न सक्ने भएकाले डोकाको प्रयोग गरिएको होटल ब्यावसायी संघ इलामले जनाएको छ ।

संघले सरसफाई सप्ताहलाई साथ दिदै शनिबार इलाम बजारमा तीन वटा र कन्याममा तीन वटा डोको राखेको छ । संघका अध्यक्ष देवि पौडेलले पर्यटकको सहजताका लागि डोको राखीएको बताए । पौडेलले केहि दिन भित्रमै इलाम बजार र कन्याम लगायतका क्षेत्रमा ५० बढी डोको राखीने बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार