इलाम । मेची राजमार्गको रोङ गाँउपालिका–४ जोरकलशमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । रातभरीबाट परेको अविरल बर्षापछि आएको पहिरोबाट सडक अवरुद्ध हुँदा ताप्लेजुङबाट झापा तर्फ जाँदै गरेका र काठमाण्डौबाट इलाम तर्फ आउँदै गरेको ३ दर्जन सवारी साधन सडकमा नै रोकिएका छन ।
विहान ९ बजेबाट सुरु भएको पहिरोबाट मोटरसाइलक समेत छिर्ने स्थान नभएको पत्रकार दिनेश महतले बताए । बाटो सुचारु गर्न जेसिबी आएपनि भिरबाट निरन्तर माटो बग्न थालेपछि राजमार्ग सुचारु गर्न समस्या रहेको ट्राफिक प्रहरी गुरुप्रसाद सुवेदीले जानकारी दिए ।