Local Sandesh बुधबार, कार्तिक २६ २०८३
  • ट्रेण्डिङ :

इलाम बजारमा तीन वटा बम फेला

इलाम बजारमा तीन वटा बम फेला

  • सन्देश सम्वाददाता
  • आइतबार, भाद्र २४ २०७५


इलाम बजारमा  तीन वटा बम फेला

इलाम । इलामको सदरमुकाम इलाम बजार नजिकैको नारायणस्थानमा तीनवटा बम फेला परेको छ । नारायण स्थान मन्दिर नजिकमा रहेको तत्कालिन नेकपा माओवादी केन्द्रको पुरानो कार्यालयमा तीनवटा बम भेटिएको हो । दुईवटा सकेट बम र एउटा सुतली बम भेटिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरीक्षक टंकप्रसाद भट्टराईले जानकारी दिए ।

नेकपा एमालेसंग एकिकरण भएपछि माओवादीको जिल्ला कमिटिको कार्यालय रहेको मारवाडी सेवा समाजको दुई तले भवन माओवादीले छाडिसकेको छ । एकतान्तमा रहेको भवनमा भेला भएर स्थानीय युवाहरुले लागु औषध सेवन गर्ने गरेको पाइएपछि प्रहरी भवनमा पुगेको थियो । कोठाहरु खुल्लै रहेको भवन हेर्दा तीनवटा बम भेटिएको प्रहरीले जनाएको छ ।

बम भेटिएको स्थानमा प्रहरीले सुरक्षा दिइरहेको छ । बमलाई डिस्पोजका लागि नपाली सेनाको पशुपतिप्रसाद गणलाई जानकारी दिइएको प्रहरीले जनाएको छ । तत्कालिन नेकपा माओवादी केन्द्रमा रहेको बम पुरानै भएको बताइएको छ ।

माओवादी शान्ति प्रक्रियामा आएपछि मारवाडी सेवा समाजको भवनमा जिल्ला कार्यालय राखिएको थियो । सो भवन अहिले इलाम नगरपालिकाको स्वामित्वमा ल्याउने प्रक्रिया चलिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार