Local Sandesh बुधबार, कार्तिक २६ २०८३
  • ट्रेण्डिङ :

खोलामा हामफालेर भागेको चोर रातभर कुरेर प्रहरीले समात्यो

खोलामा हामफालेर भागेको चोर रातभर कुरेर प्रहरीले समात्यो

  • नमीन ढकाल
  • बुधबार, भाद्र २० २०७५


खोलामा हामफालेर भागेको चोर रातभर कुरेर प्रहरीले समात्यो

इलाम । इलाम नगरपालिका–१ नेपालटारमा गएराती २ वटा पसल चोरी गरेर खोलामा हाम्फालेको चोरलाई प्रहरीले प्रक्राउ गरेको छ । स्थानिय सुरेन्द्र राईको मनि ट्रान्सफर सहितको पसल र एउटा व्युटीपालरमा गरी ३ लाख २५ बढी चोरी गरी पुवाखोलमा हाम्फालेको पाटन घर भइ श्याम थापा नाम बताउने चोरलाई रातभरी खोलामा कुरेर बिहान ५ बजे पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मंगलबारेको प्रहरी निरिक्षक प्रदिप पौडेलले बताए ।

चोरी भएको थाहा पाएपछि स्थानीय र प्रहरीले चोरलाई राती नै लखेटेका थिए ।‘उसले आफ्नो नाम कति बेला के भन्छ, कतिबेला अर्कै भन्छ ।’ – प्रहरी निरीक्षक पौडेलले भने–‘खोलामा पसेर नित्रुक्क भिजेको अवस्थामा समातिएको हो, पैसा पनि भिजेको छ प्रहरीले उनको साथबाट भने ३२ हजार रुपैयाँ मात्रै बरामद गरेको छ ।

घटनामा अरुपनि संलग्न हुनसक्ने आशंकामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । केही दिन अघिमात्रै इलाम बजारको दुई पसलमा समेत चोरी भएको थियो । इलामसंग सम्वन्धित चोरीमा संलग्न भए नभएको अनुसन्धान भइरहेपनि चोरले धेरै पहिलो पनि इलाममा चोरी गरे बयान दिएको पौडेलले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार