Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

इलामको माई नगरपालिकामा चट्याङ लागेर एकको मृत्यु, २ घाइते

इलामको माई नगरपालिकामा चट्याङ लागेर एकको मृत्यु, २ घाइते

  • सन्देश सम्वाददाता
  • मंगलबार, भाद्र १९ २०७५


इलामको माई नगरपालिकामा चट्याङ लागेर एकको मृत्यु, २ घाइते

माई । इलामको माइ नगरपालिकामा चट्याङ लागेर एक जनाको ज्यान गएको । ज्यान गुमाउनेमा माइ नगरपालिका–१ घर भई माइ नगरपालिका–६ पलासेमा डेरा बस्ने ३६ बर्षिया कुमारी योङहाङ रहेकी छन । मंगलबार साढे ४ बजेको समयमा छिमेकीको घरमा चिया खाँदै गरेको अवस्थामा उनलाई चट्याङ लागेको थियो ।

योङहाङको घटनास्थलमै मृत्यु भएको महमाई प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक खगेन्द्र राजवंशीले जानकारी दिए । स्थानिय टिकामाया योङहाङ र प्रकृती फत्र चटयाङ लागेर घाइते भएपछि उपचारको लागी झापा तर्फ लगिएको राजवंशीले जानकारी दिए । मृतकको शवलाई पोष्टमार्टमको लागी बुधवार लगिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार