Local Sandesh बुधबार, कार्तिक २६ २०८३
  • ट्रेण्डिङ :

राँके बजारमा भएको आगोलागीबाट २ करोड बढीको क्षति भएको प्रारम्भिक अनुमान

राँके बजारमा भएको आगोलागीबाट २ करोड बढीको क्षति भएको प्रारम्भिक अनुमान

  • सन्देश सम्वाददाता
  • आइतबार, भाद्र १७ २०७५


राँके बजारमा भएको आगोलागीबाट २ करोड बढीको क्षति भएको प्रारम्भिक अनुमान

इलाम । राँके बजारमा भएको आगोलागीबाट ठालुमान श्रेष्ठको अन्डरग्राउन्ड ३ तल भएको ५ तले घरमा रहेको ३ वटा पसलमा क्षति भएको प्रहरीको भनाई ।आगलागीबाट एक घर त्यसमा रहेको ३ वटा पसलमा करिव १ करोड ४० लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय मंगलबारेले जनाएको छ ।

श्रेष्ठको घरमा रहेको श्री बहादुर विष्टको जुता एवम कपडा पसलको अन्दाजी क्षती ५० लाख, तिलबहादुर बस्नेतको किराना पसल ३५।४० लाख र इश्वर श्रेष्ठको ५० लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय मंगलबारेका प्रहरी निरिक्षक प्रदिप पौडेलले जानकारी दिए । घरको क्षति करिव १ करोड बरावर अनुमान गरिएको छ । विस्तृत विवरण विहान आउनेछ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार