Local Sandesh बुधबार, कार्तिक २६ २०८३
  • ट्रेण्डिङ :

राँके बजारको आगो नियन्त्रण गर्न फिदिमको दमकल पुग्यो

राँके बजारको आगो नियन्त्रण गर्न फिदिमको दमकल पुग्यो

  • सन्देश सम्वाददाता
  • आइतबार, भाद्र १७ २०७५


राँके बजारको आगो नियन्त्रण गर्न फिदिमको दमकल पुग्यो

इलाम । इलाम र पाँचथरको सीमा राँके बजारमा सुरु भएको आगलागी नियन्त्रणको लागी भरखरै फिदिम नगरपालिकाको दमकल आएको स्थानिय प्रकाश बस्नेतले जानकारी दिनुभयो

फिदिमका वडाध्यक्ष प्रकाश गुरुङ आफैले दमकल कुदाएर ल्याउनुभएको छ । आगोलागीबाट ठालुमान श्रेष्ठ र नरबहादुर श्रेष्ठको घरमा त्यहाँ रहेको तिलबहादुर बस्नेत, श्रीबहादुर विष्ट र इश्वर श्रेष्ठको पसल जलेर नष्ट भएको छ ।

इलामको दमकल बाटैमा विग्रियो

आगलागी नियन्त्रणका लागि इलामबाट राँके जाँदै गरेको दमकल बाटैमा बिग्रिएको छ । इलाम नगरपालिकाको दमकल मेची राजमार्ग अन्तरगत इलाम नगरपालिका १ मिल गोलाई भन्ने ठाउँमा बिग्रिएको हो ।

इलामबाट गएको दमकल बाटोमा नै बिग्रिएपछि फिदिमको दमकलले स्थानियको सहयोगमा आगलागी नियन्त्रणमा ल्याउने प्रयास गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार