Local Sandesh बुधबार, कार्तिक २६ २०८३
  • ट्रेण्डिङ :

नेपाल आयल निगम चारआलीको फायर फाइटिङ तालिम

नेपाल आयल निगम चारआलीको फायर फाइटिङ तालिम

  • मन्जु तिम्सिना
  • मंगलबार, भाद्र १२ २०७५


नेपाल आयल निगम चारआलीको फायर फाइटिङ तालिम

चारआली । नेपाल आयल निगम चारआली शाखामा फायर फाइटिङ तालिम सम्पन्न भएको छ । तालिममा झापा जिल्लाका पम्प संचालक, कामदार, टयाङकर चालक लगायत २ सय बढीको सहभागीता रहेको थियो । २ दिनसम्म चलेको तालिममा प्रशिक्षक समिर दासले गाडीमा फायर बोटल चलाउने तरिका, आगो निभाउने तरिका, डिसीपी पाउडरको बारेमा जानकारी, लगायत स–साना बिषय प्रशिक्षण दिएका थिए ।

उनले चालकहरुलाई गाडीमा अनिर्वाय सहयोगी राख्नुपर्ने, घन्टामा २० मिनेट आराम गरेर सवारी चलाउनुपर्ने, पार्किङ गर्दा हाइटेन्सन लाइन, हस्पिटल, स्कुल एरिया र भिडभाड हुने स्थानमा राख्नु नहुने बताए । कार्यक्रमका प्रमुख अतिथी नेपाल आयल निगम प्रदेश नं १ का प्रमुख दिनेश कुमार यादबले तालिम आयोजकलाई धन्यवाद ज्ञापन गर्दै निगम, डिपो, ढुवानीकर्ताले मात्र नभएर प्रत्येक घरका सदस्यहरुले सुरक्षाका उपकरणहरु चुस्तदुरुस्त राख्नुपर्ने बताए ।

आयल निगमका कार्यक्रम संयोजक नवविनोद पोखरेलले निगमले सुरक्षाका क्रममा आफना जनशक्ती र व्यवसायीसंग सरोकार राख्ने सवैलाई आधुनिक युगमा प्रवेश गराउनका लागि फायर फाइटिङ तालिम संचालन गरिएको बताए । चाराली शाखा प्रमुख सनम कार्कीले आगलागीको सानो झिल्कोबाट क्षणभरमा धनजनको क्षति गरी भौतिक संरचना ध्वस्त हुने भएकाले घटनाबाट जोगिन सुरक्षा तालिम आयोजना गरिएको बताए । उनले तालिमबाट सिकेको कुरा व्यवहारमा लागु गरे आपतकालिन अवस्थामा काम लाग्ने बताए ।

कार्यक्रममा आयल निगमका हवाइ इन्धन प्रमुख मनिष न्यौपाने, नेपाल राष्ट्रिय पेट्रोलियम डिलर एसोसिएसनको केन्द्रिय सचिव लय भण्डारी, पेट्रोलियम ढुवानी व्यवसायी संघका केन्द्रिय सदस्य टिकाराम पिठाकोटे, टयाङकर चालक संगठन चारआलीका अध्यक्ष तोकप्रसाद दुलालले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार