Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

फाकफाेकथुम आगलागी हुँदा १६ लाख बराबरको क्षति

फाकफाेकथुम आगलागी हुँदा १६ लाख बराबरको क्षति

  • लिला सुब्बा
  • बिहिबार, भाद्र ७ २०७५


फाकफाेकथुम आगलागी हुँदा १६ लाख बराबरको क्षति

फाकफाेकथुम ।  इलामको फाकफोकथुम गाँउपालिका १ लुम्सदानमा आगालागी भएको छ । बुधवार दिउँसो ११ बजेको समयमा स्थानिय भिमबहादुर बराइलीको घरमा सोलारको तारमा सर्ट भइ आगालागी भएको प्रहरीले जनाएको छ । ढुङगा माटोले बनेको टिनको छाना भएको तिनतले घरमा रहेको नगद ७ लाख, ६ तोला सुन, अन्नपात, लत्ताकपडा लगायत जल्दा करिव १५ लाख ८१ हजार बरावरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

आगालागीको जानकारीपछि प्रहरी चौकी आमचोकबाट खटिएका प्रहरी र स्थानियको सहयोगमा अपराहन्न २ बजे आगो नियन्त्रणमा आएको इलामका प्रहरी उपरिक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार