Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

विद्यालयको खानेपानी ट्यांकीमा विष

विद्यालयको खानेपानी ट्यांकीमा विष

  • सन्देश सम्बाददाता
  • मंगलबार, साउन २९ २०७५


विद्यालयको खानेपानी ट्यांकीमा विष

विराटनगर । मोरङको लेटाङ नगरपालिकास्थित जाँतेमा रहेको एक विद्यालयको खानेपानी ट्यांकीमा अज्ञात व्यक्तिले हालेको विषादीका कारण २० जना विद्यार्थी बिरामी परेका छन् ।

स्थानीय श्री माध्यमिक विद्यालयको खानेपानी ट्यांकीमा हालिएको विष मिस्रित पानी पिउँदा विद्यार्थी बिरामी परेका हुन्।

बिरामीमध्ये १८ जनाको उर्लाबारी ३ मंगलबारेस्थित म‌ंगलबारे अस्पतालमा उपचार भइरहेको जाँतेस्थित प्रहरी कार्यालयका असई हरिनारायण राजवंशीले बताए। उनका अनुसार अरु खुश्बु मिश्र र सृष्टि निरौला, कमला लिम्बू र मनिष थापालाई थप उपचारका लागि विराटनगर पठाइएको छ।

विद्यालय परिसरमा रहेको ५ सय लिटर क्षमताको सिमेन्टबाट बनाइएको ट्यांकीमा विषादी हालेको पाइएको थियो।

असई राजबंशीका अनुसार ट्यांकीमा ‘साइबेरिन’ लेखिएको विषको बट्टा फेला परेको छ। विषादी कसले हालेको भन्ने खुलेको छैन। सोधखोज भइरहेको प्रहरीले जनाएको छ।

विद्यालय समय सुरु हुन लाग्दा टाढा टाढाबाट आएका विद्यार्थीले पानी पिएका थिए। त्यसपछि शिक्षकहरुले पनि पिउने क्रममा केही गन्ध आएजस्तो लागेपछि ट्यांकीमा जाँच गरिएको असई राजबंशीले बताए। त्यसक्रममा विषादी हालेको पाइएको थियो। कान्तिपुरबाट

प्रतिक्रिया
सम्बन्धित समाचार