Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

प्रेस काउन्सिल सदस्य प्रधानसम्पादक रहेको पत्रिकाविरुद्ध पत्रकार महासंघ अध्यक्षको उजुरी

प्रेस काउन्सिल सदस्य प्रधानसम्पादक रहेको पत्रिकाविरुद्ध पत्रकार महासंघ अध्यक्षको उजुरी

  • लोकल सन्देश
  • मंगलबार, साउन २९ २०७५


प्रेस काउन्सिल सदस्य प्रधानसम्पादक रहेको पत्रिकाविरुद्ध पत्रकार महासंघ अध्यक्षको उजुरी

काठमाण्डाै ।  पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले आफूविरुद्ध सुनियोजित, भ्रमपूर्ण र चरित्रहत्या गर्ने समाचार प्रकाशन गरिएको भन्दै प्रेस काउन्सिलका सदस्य प्रधानसम्पादक रहेको पत्रिकाविरुद्ध प्रेस काउन्सिलमा उजुरी हालेका छन्।

पटक पटक उक्त पत्रिकाले आफूविरुद्ध भ्रामक समाचार प्रकाशन गरेको भन्दै अध्यक्ष आचार्यले सोमबार राजधानी काठमाडौंबाट प्रकाशन हुने ‘साँघुु साप्ताहिक’ का प्रधानसम्पादक गोपाल बुढाथोकीविरुद्ध काउन्सिलमा उजुरी हालेका हुन्। साँघु साप्ताहिकुका प्रधानसम्पादक बुढाथोकी काउन्सिलका सदस्यसमेत हुन्। अध्यक्ष आचार्य पनि प्रेस काउन्सिलका पदेन सदस्य हुन्।

सोमबार प्रकाशित पत्रिकामा ‘पत्रकार महासंघको लुम्बिनीमा बैठक सकेर हेलिकोप्टर चढेर काठमाडौं फर्कियो भनेर समाचार छापिएकोु भन्दै आचार्यले उजुरी दिएका हुन्। उनले बैठकबाट फर्किंदा हेलिकोप्टर नचढेको र आफूले नबोलेका कुरासमेत भन्यो भनेर लेखेकाले उजुरी दिएको बताएका छन्। ‘बोल्दै नबोलेका, भन्दै नभनेका कुरालाई पनि यसो भन्यो भन्दै लेखेछ र बैठकका विषयमा फूलबुट्टा भरेर, आक्षेपहरू लगाएर, झूठको पुलिन्दा बुनेर समाचार छापिएछु,’ आचार्यले भनेका छन्, ‘यसअघि पनि म पत्रकार महासंघको अध्यक्ष निर्वाचित भएयता र त्यसअघि पनि विभिन्न मितिमा मेराबारेमा सुनियोजित, भ्रमपूर्ण र चरित्रहत्या गर्ने गरी लगातार साँघुले समाचार प्रकाशन गर्दै आएको छ।’

उनले आफूले प्रतिक्रिया तथा खण्डन लेख्दा पनि स्थान नदिइएको र समाचारमा स्रोतको र आफ्नो भनाइसमेत उल्लेख नगरी आफ्नो बारेमा समाचार लेखेकाले उजुरी दिएको बताएका छन्।  (थाहाखबरबाट)

प्रतिक्रिया
सम्बन्धित समाचार