Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

बन्दले प्रदेश १ का पहाडी जिल्लामा जनजीवन प्रभावित

बन्दले प्रदेश १ का पहाडी जिल्लामा जनजीवन प्रभावित

  • सन्देश सम्वाददाता
  • मंगलबार, साउन २९ २०७५


बन्दले प्रदेश १ का पहाडी जिल्लामा जनजीवन प्रभावित

इलाम ।  नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दका कारण मंगलबार बिहानैदेखि पूर्वको जनजीवन प्रभावित भएको छ। बन्दका कारण बिहानैदेखि लामो तथा छोटो दूरीका सवारी साधनहरु सञ्चालन हुन सकेनन् भने शिक्षण संस्था, कलकाराखाना, बजार, पसल कम मात्रामा सञ्चालनमा आएका छन्।

बन्दका कारण यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन। बन्दको प्रभाव प्रदेश १ का पहाडी जिल्लामा बढी मात्रामा परेको छ। तराईका जिल्लामा कम मात्रामा परेको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी रवी पौडेलले जानकारी दिए। बन्दका कारण धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुरमा लामो तथा छोटो दूरीका सवारीसाधन चलेका छैनन्।

अन्य जिल्लामा लामो दूरीका सवारी साधन चले पनि छोटो दूरीका सवारी साधन कम मात्रामा सञ्चालनमा आएको एसपी पौडेलले जानकारी दिए। नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई पक्राउ गरी झुठा मुद्दा लगाएको र हालसम्म देशभरबाट पक्राउ परेका सबै नेता कार्यकर्ताको विनासर्त रिहाइको माग गर्दै नेपाल बन्द आह्वान गरेको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार