इलाम । मेची राजमार्ग अन्र्तगत इलाम नगरपालिका–१ बागखोरमा स्कुल बस दुर्घटना हुँदा १४ जना विद्यार्थी घाइते भएका छन । सोमबार विहान ९ः५० बजे बागखोर बजार स्थित राँकेबाट आशादिप बोर्डिङ स्कुलको विद्यार्थी बोकेर रक्से तर्फ आउदै गरेको मे १ ख १९५५ नम्बरको स्कुल बस विपरित दिशाबाट आउँदै गरेको ट्रकलाई साइड दिने क्रममा रोडबाट अन्दाजी १५÷२० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
घाइते विद्यार्थीहरुलाई उपचारको लागी झापाको विर्तामोड स्थित बिएन्डसी हस्पिटल तर्फ लगिदै गरेको हबलदार बिजय राईले जानकारी दिए ।बस घट्ना स्थलमा रहेको छ भने चालक रक्से प्रहरी चौकीको नियन्त्रणमा रहेका छन ।