Local Sandesh बुधबार, कार्तिक २६ २०८३
  • ट्रेण्डिङ :

विराटनगर महानगरपालिकाको कार्यालयमा बम विस्फोट

विराटनगर महानगरपालिकाको कार्यालयमा बम विस्फोट

  • सन्देश सम्वाददाता
  • आइतबार, साउन २७ २०७५


विराटनगर महानगरपालिकाको कार्यालयमा बम विस्फोट

विराटनगर । विराटनगर महानगरपालिकाको कार्यालय परिसरमा बम विस्फोट भएको छ । मेयर भीम पराजुलीको कार्यकक्ष बाहिर बम विस्फोट भएको हो ।

विस्फोटबाट त्यहाँ राखिएका सोफा र सीसाहरूमा क्षति पुगेको मोरङका एसपी मनोज केसीले बताए । बम विस्फोटबाट एक जना घाइते पनि भएका छन् । उनलाई उपचारका लागि अस्पताल लगिएको छ । बम विस्फोटका कारण अहिले स्थानीयबासी, सेवाग्राही र कर्मचारीहरु त्रसित छन् । बम विस्फोटबाट भएको ठुलो आवाजले महानगरपालिका नै थर्किएको मेयर पराजुलीले बताए ।

स्थानीय निकायमा मेटल डिटेक्टर नहुने हुनाले बम लगायतका सुरक्षा चुनौती रहेको पराजुलीले बताए भवनलाई प्रहरीले घेरामा राखेको छ । बम विस्फोट गराउने समूहको पहिचान भएको छैन । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार