Local Sandesh बुधबार, कार्तिक २६ २०८३
  • ट्रेण्डिङ :

चर्को कर बिरुद्ध सूर्योदयनगरबासी

चर्को कर बिरुद्ध सूर्योदयनगरबासी

  • सन्देश सम्बाददाता
  • बिहिबार, साउन २४ २०७५


चर्को कर बिरुद्ध सूर्योदयनगरबासी

इलाम । नेपालको पहाडी क्षेत्रको सबैभन्दा ठुलो सुर्योदय नगरपालिकाले बढाएको कर बिरुद्ध सघर्ष समिति गठन गरेका छन् । सूर्योदय नगरपालिकाले आर्थिक वर्ष २०७५÷०७६ मा जनताको ढाड सेक्नेगरि कर बढाएको भन्दै नगरबासीले  सघर्ष समिति गठन गरेका हुन् ।


बिहिबार सूर्योदयन गरपालिका क्षेत्रका १४ वटै वडाका राजनितिज्ञ, विद्यार्थी, शिक्षक, उद्योगी र व्ययवसायी सहभागि भेलाले करको दर घटाउन दबाबमुलक कार्यक्रम संचालनका लागि २३ सदस्सिय सर्घष समिति गठन गरेका हुन् । सूर्योदय नगरपालिका वडा नम्बर ११ का व्यवसाय सोनामछिरिङ्ग काजिको संयोजकत्वमा करको दर घटाउन दबाबमुलक कार्यक्रम संचालनका लागि समिति गठन गरिएको हो । समितिको सह संयोजकमा लिला बहादूर सुनुवार, डुप सिछिरिङ्ग काजि र बन्दना अधिकारी रहनुभएको छ ।

यसैगरि सदस्यमा लेखनाथ भट्टराई, बिष्णु खड्का, हुकुमलाल राई, राधाकृष्ण खतिवडा, सिवलाल सापकोटा, उमेश लाप्चा रहनुभएको छ । यस्तै रविन देवान, श्रीप्रसाद खरेल, कुलप्रसाद पौडेल, जीवनकुमार नेपाल, पुण्य मुखिया, दिपेश गुरुङ्ग, केशव सुब्बा, रोसन बुडाथोकी, कमल प्रसाद पौडेल, गोपाल लुइटेल, हेमकुमारी प्रधान, देवी कट्टेल कर घटाउ अभियान सर्घष समितिको सदस्य रहनुभएको छ ।

बिहिबार सूर्योदयन गरपालिकाको फिक्कलमा भेला भएका सूर्योदय क्षेत्रका सर्वसाधारणको भेलमा लेखनाथ भट्टराई, लिला सुनुवार, डुपछिरिङ्ग काजी, प्रेमलाल चाम्लिङ्ग, डम्बर प्रधान, कुलप्रसाद पौडेल, नकुल खड्काले नगरपालिकाले १५ सय प्रतिशत कर बढाएकाले त्यस विरुद्ध आन्दोलनको जरुरी रहेको बताउनुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार