Local Sandesh मंगलबार, चैत्र ६ २०८०
  • ट्रेण्डिङ :

अाख्यानकार सरस्वती प्रतिक्षासंग ‘नथिया’ संवाद इलाममा

अाख्यानकार सरस्वती प्रतिक्षासंग ‘नथिया’ संवाद इलाममा

  • सन्देश सम्वाददाता
  • सोमबार, साउन २१ २०७५


अाख्यानकार सरस्वती प्रतिक्षासंग  ‘नथिया’ संवाद इलाममा

इलाम । वादी महिलाको नदेखिएको भित्री कथा समेटिएको ‘नथिया’ उपन्यास सम्वाद इलाममा सम्पन्न भएको छ । २०७५ सालको मदन पुरस्कारको सुचीमा रहेको उपन्यास ‘नथिया’ को बारेमा बोल्दै लेखक सरस्वती प्रतिक्षाले वादी प्रथाका कारण महिलाले भोग्नु परेको पिडालाई बुझ्न ‘नथिया’ उपन्यास लेखिएको बताइन । वादी महिलाको नदेखिएको भित्री कथा बुझ्न उपन्यासलाई पढ्न जरुरी रहेको बताउदै उनले भनिन् २१ औ शताब्दीको हाम्रो समाजमा अझै कुमारित्वको खुल्लाम खुल्ला लिलामी गरिने प्रथा कम भएको छैन ।

दाङ्गको ग्रामिण बस्ती –बस्तीमा साँस्कृतिक महत्व बोकेको शब्द ‘नथिया’ ले आफ्नो कुमारित्वलाई बाजी राखेर प्रतिष्पर्धा गर्नु पर्ने बुझाउछ । उपन्यासको माध्यमबाट सामाजिक चेत खुलाउन ‘नथिया’ उपन्यासले सहयोग गर्ने अपेक्षा समेत गरिएको उनको भनाई छ ।

यस्तै कार्यक्रममा साहित्यकार विमल वैद्यले लेखिका चिनारी दिदै नेपाली साहित्यमा धेरै मध्ये राम्रा लेखिका औला भाँचेर गन्न सकिने मात्र रहेको बताए । यी राम्रा मध्ये उपन्यासकार प्रतिक्षा पनि एक भएकै कारण ‘नथिया’ उपन्यास २०७५ सालको मदन पुरस्कार प्राप्त कृतिभित्र छनौटमा परेको समेत उल्लेख गरे ।

करिब ७० जनाको सहभागीतामा भएको कार्यक्रममा कृतिका विषयमा सहभागीहरुले विभिन्न जिज्ञासा राखेका थिए । ती जिज्ञासाका समाधान ‘नथिया’ उपन्यासकी लेखक प्रतिक्षाले समाधान गरेकी थिइन् ।

भानु प्रतिमा साहित्य सम्बद्र्धन समिति इलाम र फरक आयामकाे संयुक्त अायाेजनामा भएकाे कार्यक्रम जितेन पन्दाक ‘मुस्कान’को अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार