माइ । इलामको माइ नगरपालिका–१ मा माइखोलाले बगाउँदा एक जनाको ज्यान गएको छ । शनिवार खोला तर्ने क्रममा माइ नगरपालिका ८ बागेचौरीका ४८ बर्षिय कान्छा भनिने तिलबहादुर राईलाई खोलाले बगाएको हो ।
तत्काल प्रहरी चौकी दानाबारीबाट खटिएको टोलीले कानुनी प्रक्रिया पु¥याएर पोष्टमार्टमको लागी मेची अञ्चल अस्पताल भद्रपुर पठाइएको इलामका प्रहरी उपरिक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए ।