Local Sandesh बुधबार, कार्तिक २६ २०८३
  • ट्रेण्डिङ :

अन्ततः साउदी जेलबाट रिहा भएर नेपाल फर्कने भए इलामका प्रेमबहादुर

अन्ततः साउदी जेलबाट रिहा भएर नेपाल फर्कने भए इलामका प्रेमबहादुर

  • नमीन ढकाल
  • शुक्रबार, साउन १८ २०७५


अन्ततः साउदी जेलबाट रिहा भएर नेपाल फर्कने भए इलामका प्रेमबहादुर

माइ । २८ महिनादेखी साउदी अरबमा जेल जिवन बिताइरहेका माइ नगरपालिका–४ शुक्रबारेका प्रेमबहादुर राई (राजु) रिहा हुने भएका छन । परराष्ट्र मन्त्रालय र नेपाली राजदुतावास मार्फत कम्पनीले तोकेको विगो रकम भुक्तान भएपछि राई नेपाल फर्कर्ने भएका हुन ।

उनले चलाएको लहरीले बोकको केबल तार चोरी भएपछि सो बापतको क्षतिपुर्ती ३ लाख १० हजार रियाल ( नेपाली ९५ लाख) भुक्तान नगरी नेपाल फर्कन नदिने अडान राखेर कम्पनीले मुद्धा हालेपछि उनी साउदी जेलमा कष्टकर जिवन निर्वाह गर्न वाध्य भएका थिए । तर रियाद स्थित नेपाली राजदुतावासको समन्वय र प्रेमको रिहाइको लागी रियाद स्थित सहयोगीहरुको सक्रियतामा विगो रकम साउदी रियाल अनुसार १ लाख ५० हजार (४३ लाख ३ हजार ५ सय ) कायम गर्दै भुक्तान गरिएको प्रेम बचाउँ अभियान मुल समितीका संयोजक चन्द्र कुलुङ राईले जानकारी दिए ।

प्रेम साउन २० गते (५ अगष्ट) आइतबार विहान साउदी अरबको समय अनुसार ६ बजे दिल्ली हुँदै ४ः१५ बजे काठमाण्डौ आइपुग्ने कुलुङले जानकारी दिए । प्रेम बचाउँका लागी देश विदेशमा समिती एवम उपसमिती बनाएर सहयोग रकम संकलन गरिएको थियो । प्रेमको रिहाइपछि बाँकी रहेको अन्य रकम विपतमा परेकालाई सहयोग गरिने भएको छ ।

मुल समितीका संयोजक कुलुङले भने ‘प्रेमलाई सकुशल घर फर्काएपछि बाँकी रहेको रकम प्रेम जस्तै बैदेशिक रोजगारमा गइ आपत विपतमा परेकालाई सहयोग गर्नमा प्रयोग गर्ने निर्णय मुल समितीको कार्यविधीमा नै स्पष्ट गरिएको छ । बाकी रहेको रकम हामी पत्रकार सम्मलेन गरेर नै सार्वजनिक गर्नेछौ ।’ प्रेमको रिहाईको लागी साउदी स्थित नेपाली राजदुत महेन्द्रसिंह राजपुतले अल सहलावी होल्डिङ कम्पनीको मालिकलाई भेटेर रिहाइ गरिदिन माग गरेका थिए । श्रीमान चाडै फर्किने भएपछि खुशी लागेको श्रीमती सरिता राईले बताइन ।

उनले भनिन ‘आर्थिक र मिडियाको सहयोगले प्रेम फर्किने हुनुभएको छ । सुरु सुरुमा राजदुतावास र सरकारबाट पहल नहुँदा फर्किनुहुन्न की भन्ने लागेको थियो । तर अहिले भने सवैको सहयोग पाइयो ।’ प्रेमको रिहाइको लागी २०७३ असारबाट नै पहल थालिएको थियो । तर विगो रकम नबुझाइ रिहाइ नहुने भएपछि प्रेम बचाउँ अभियान समिती बनाएर १ बर्षअघिबाट नेपाल इन्भेष्टमेन्ट बैंकमा खाता खोलेर सहयोग रकम संकलन गर्न सुरु गरिएको थियो ।

यसरी पुगेका थिए प्रेम साउदी जेलमा
प्रेम सन् २०१२ जुन १२ तारिकका दिन क्राउन इन्प्लोइमेन्ट प्रालि काठमाण्डौबाट साउदी अरवको रियाद स्थित अल सहलावी होल्डिङ कम्पनीको गाडी (लहरी) चालकको रुपमा साउदी गएका थिए । सन २०१५ सेप्टेम्बर ४ तारिकका दिन घर आइ पुनः २०१६ जनवरी १ तारिकका दिन उनी त्यही कम्पनीमा कामका लागि गएका थिए । २०१६ मार्च ३१ तारिकका दिन लहरीमा सामान लिएर जाँदै गर्दा कम्पनीबाट १० किलोमिटर टाढा रियादको जनदिया पुगेपछि प्रेमबहादुर गाडी पार्किङ स्थलमा रोकि साथी भेट्न गएका थिए । साथी भेटेर फर्किदै गर्दा पार्किङ गरेको ठाँउमा गाडी नभेटेपछि कम्पनीलाई जानकारी गराएका थिए ।

गाडी हराएको दुई दिनपछि अगाडिको सिसा फोरिएको अवस्थामा रित्तो ट्रक जनद्रियाबाट १० किमि टाढा रोमा भन्ने स्थानमा फेला परेको प्रहरी रिपोर्टमा उल्लेख गरिएको छ । कम्पनीले आफूहरूले निर्देशन दिएको बाटो बदलेको र १३ घण्टा सडकमा बिताएको भन्दै चालक दोषी रहेको दाबी गर्दै अदालतमा मुद्धा हालेको थियो । अदालतले तोकेको २ महिना कैद र ५० कोर्राको सजाय भोगेर नेपाल आउने तयारी भइरहेको बेला कम्पनीले पासपोट नदिइ पुनः मुद्धा हालेर ३ लाख १० हजार रियाल ( नेपाली ९५ लाख) क्षतिपूर्ति दाबी गरेको थियो । क्षतिपुती बुझाउन नसक्दा उनी २८ महिनादेखी साउदी प्रहरीको नियन्त्रणमा थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार