इलाम । पूर्वी नेपालको तीन जिल्ला जनप्रनितिधिलाई लोपउन्मुख रेडपाण्डा संरक्षण र जैविक विविधता संरक्षण बारे जनचेतना अभियान शुरु भएको छ । चोरी सिकारीका कारण लोपउन्मुख अवस्थामा पुगेको वन्यजन्तु रेडपाण्डा संरक्षणका लागि स्थानीय सरकारलाई उत्प्रेरणा जगाउने उदेश्यले जनचेतना अभियान शुरु गरिएको हो ।
पूर्वी नेपालमा समुदायमा आधारित सरक्षण कार्यक्रम अन्तरगत रेडपाण्डा नेटवर्क नेपालले इलामका ४, पाँचथरका ३ र ताप्लेजुङ्ग जिल्ला ७ स्थानीय तहका जनप्रतिनिधिलाई संरक्षण अभियानबारे तालिम प्रदान गरिएको हो ।
२ वर्ष अघिबाट शुरु गरिएको संरक्षण कार्यक्रम अन्तगरत रेडपाण्डाको बासस्थानको अनुगमन तथा अनुसंन्धान, जनचेतनामुलक कार्यक्रम, बासस्थान व्यवस्थापन तथा पुनस्थापना र स्थानीय समुदायको दिगो जिविकोपार्जनका लागि काम गरिँदै आएको छ ।
नेपाल, भारत, भुटान, चीन र म्यानमारमा मात्रै पाइन रेडपाण्डाको पूर्वी नेपालको उच्चपहाडी तथा हिमाली क्षेत्रमा बासस्थान रहेको छ । खुल्ला सीमानाका कारण चोरी सिकारी बढ्दै गएकाले रेडपाण्डाको बसोबास क्षेत्र रहेका स्थानीय तहका जनप्रनिधिलाई यसको महत्व र संरक्षणबारे जानकारी गराइएको रेडपाण्डा नेटवर्क नेपालका संरक्षण संयोजक पेमा सेर्पाले बताउनुभयो ।

यसैबिच पूर्वी इलामको फिक्कलमा जैविक विविधता संरक्षणमा स्थानीय सरकारको अवसर र चुनौती बिषयक तालिम शुरु भएको छ । दुई दिनसम्म संचालन हुने तालिममा सूर्योदय नगरपालिका र माईजोगमाई गाउँपालिका क्षेत्रका प्रमुख, उपप्रमुख र जनप्रतिनधिको सहभागिता रहेको छ ।
दूई दिनसम्म संचालन हुने तालिममा जैविक विविधता र स्थानीय सरकारको सम्बन्धमा भएका नीतिगत व्यवस्था, जैविक विविधतामा सामुदायीक वनको भुमिका, नेपालमा रेडपाण्डाको महत्व, जैविक विविधताको संरक्षण र पर्यापर्यटन प्रवद्र्धनमा स्थानीय सरकारको भुमिका बोरमा समृद्ध फाउण्डेसन नेपालका कमल भण्डारी र नेडपाण्डा नेटवर्क नेपालकी संरक्षण संयोजक पेमा सेर्पाले सहजिकरण गर्ने कार्यक्रम रहेको छ ।