फिक्कल । इलामको सुर्योदय नगरपालिका– ४ श्रीबुङ स्थित बाटोमा भारतबाट ल्याउदै गरेको अवैध सामान प्रहरीले नियन्त्रणमा लिएको छ । लुकाइछिपाइ ल्याउदै गरेको एक लाख मुल्य बरावरको टवाइलेटको प्यान ४ थान, प्यानको स्केट, टायल्स ६७ थान, किचन रयाक धाराको सावर, स्टिल, आरी, थाल, लगायतको सामाग्री बरामद गरेको छ । प्रहरी चौकी श्रीअन्तुबाट खटिएको टोलीले आइतबार साँझ सो सामाग्री नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय इलामका हवलदार बिजय राईले जानकारी दिए ।