Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

मानव तस्करका लागि सहज बन्दै पशुुपतिनगर नाका

मानव तस्करका लागि सहज बन्दै पशुुपतिनगर नाका

  • नमीन ढकाल
  • सोमबार, साउन १४ २०७५


मानव तस्करका लागि सहज बन्दै पशुुपतिनगर नाका

पशुपतीनगर ।  मानव तस्करहरुका लागि पशुपतिनगर नाका सुरक्षित बन्दै गएको छ। भौगोलिक विकटता, जनशक्तिको अभावका साथै दुवै नेपाल–भारत दुवैतर्फका मानिसहरु एकै मुलको भएकाले तस्कर पहिचानमा समस्या हुने गरेको माइती नेपाल आवधिक गृह पशुुपतिनगरका प्रमुख होम ढकालले बताए।

एक वर्षको अवधिमा यस नाकामा ६८ हजार ५३२ वटा गाडीमा चेकजाँचका साथै एक हजार ८७१ जनालाई सोधपुछ गरिएको ढकालले जानकारी दिए। जिल्लाका विभिन्न स्थानमा तीन हजार ७९० पम्प्लेटिङ गरेर सचेतना जगाए पनि इलामको जिर्मलेदेखि प्राङबुुङसम्म तीन सयभन्दा बढी साना नाका भएकाले रोक्न कठिनाइ भएको उनको भनाइ छ।

५३ जिल्लाका महिला तथा बालबालिकाहरुलाई उद्धार

पशुपतिनगर नाकाबाट ५३ जिल्लाका महिला तथा बालबालिकाहरुलाई उद्धार गरिएको माइती नेपाल आवधिक गृह पशुुपतिनगरले जनाएको छ। उद्धार गरिएकामध्ये पश्चिम नेपालका महिला तथा बालबालिकाहरु बढी रहेका छन्। ढकालका अनुसार दलालले इलाम तथा दार्जिलिङ घुमाउन लग्ने भन्दै सीमापार गराउने गरेको छन्।

माइती नेपाल पशुुपतिनगरमा बालबालिका तथा महिला खोजतलासका ६३ वटा निवेदन परेका हालसम्म २२ जना मात्र फेला परेको छन्। त्यसैगरी काँकडभिट्टामा ८६ बटा निवेदन परेकोमा ३० जना, जोगबनीमा २७ मा ३ तथा सुनसरीमा ३५ निवेदन परेकोमा १५ जना फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक माधव श्रेष्ठले श्रीमान विदेश गएका महिलाहरु हराउने क्रम बढी रहेको बताए। ‘हराएको सूचना समयमा नदिँदा फेला पार्न कठिन रहेको छ। धेरै जसो प्रेममा परेर हराउने क्रम छ,’ उनले भने, ‘हराएको भनी निवदेन दिने अनि फेला परेपछि जानकारी नगराउने प्रवृत्तिले पनि हराएको संख्या धेरै देखिएको हो।’

प्रतिक्रिया
सम्बन्धित समाचार