Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

भारत तर्फ लग्दै गरिएको अवैध गोरु पशुपतीनगरबाट पक्राउ

भारत तर्फ लग्दै गरिएको अवैध गोरु पशुपतीनगरबाट पक्राउ

  • सन्देश सम्वाददाता
  • शुक्रबार, साउन ११ २०७५


भारत तर्फ लग्दै गरिएको अवैध गोरु पशुपतीनगरबाट पक्राउ

पशुपतीनगर । सुर्योदय नगरपालिका–२ पशुपतीनगरबाट अबैध रुपमा भारत तर्फ लग्दै गरेको गोरु पक्राउ गरिएको छ । पशुपतीनगर– मानेभञ्ज्याङ जाने भित्री सडक खण्डको नेपाल भारत सिमा नजिकै इलाका प्रहरी कार्यालय पशुपतीनगरको टोलीले शुक्रबार विहान साढे ५ बजे ना ६ ख ५६२ नम्बरको ट्रकमा २५ वटा झापासम्म मात्र क्वारेन्टाइन रहेको चौपाय गोरु पक्राउ गरेको हो ।

ट्रक चालक मकवानपुर जिल्ला हेटौडा–१५ बस्ने ३५ बर्षिय संजिव कुमार लामा र गोरु नियन्त्रणमा लिएर कारवाहीको लागी भन्सार कार्यालय पशुपतीनगरमा बुझाइएको इलामका प्रहरी उपरिक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार