फिक्कल । सुर्योदय नगरपालिका–६ की सरस्वती पौडेललाई आफै सदस्य रहेको गोगने चिया सहकारीका कर्मचारीले हरियो चियापत्ती विक्रीको क्रममा र्दुव्यवहार गरेको गुनासो गरेकी छन । शनिवार हरियो चियापत्ती विक्रीका क्रममा संस्थाका कर्मचारी कुलप्रसाद पौडेलले र्दुव्यवहार गरेको उनका श्रीमान चिरन्जिबी पौडेलले बताए ।
२८ केजी चिया लिएर विक्री गर्न गएकी उनलाई कर्मचारी पौडेलले बिलमा मुल्य प्रति केजी ४० रुपैया राखेका थिए । चियाको मुल्य ५० भन्दा माथी माग गरेपछि बिल खोस्नुका साथै चियाको बोरा बाहिर फालिदिएको पिडित पौडेलले बताइन । संस्थाबाट र्दुव्यवहार भएपछि पौडेलले झुल्के घाम चिया उद्योगमा प्रति केजी ६० रुपैयामा चिया विक्री गरेको जानकारी दिइन ।
यता सहकारीका अध्यक्ष लिलाधर खतिवडासंग यस बिषयमा बुझदा दुवै पक्षको व्यक्तिगत लेनदेनका कारण यस्तो भएको हुन सक्ने बताउ । उनले पिडक र पिडित पक्ष भनिएको दाजुभाई भएकाले त्यसलाई संस्थामा ल्याउनु दुवै पक्षको कमजोरी भएको औल्याए ।
उनले पिडित सरस्वती पौडेल र उनको श्रीमानले र्दुव्यवहारको बिषयमा आधिकारिक रुपमा संचालक समितीको कसैलाई पनि जानकारी नगराएको बताए । सहकारीले तारगाँउमा रहेको चिया उद्योगमा हरियोपत्ती विक्री गरेपछि आएको मुल्य नै किसानलाई दिने गरेकोमा पौडेलले बारम्बार आएर चियाको मुल्यको बारेमा बखेडा सृजना गरेको खतिवडाले बताए ।
पिडितको बिषयमा संचालक समितीको बैठक बसेर निर्णय गरिने उहाँले जानकारी दिए ।