Local Sandesh बुधबार, कार्तिक २६ २०८३
  • ट्रेण्डिङ :

इलाममा भिरबाट लडेर किसानको ज्यान गयो

इलाममा भिरबाट लडेर किसानको ज्यान गयो

  • सन्देश सम्वाददाता
  • आइतबार, असार २४ २०७५


इलाममा भिरबाट लडेर किसानको ज्यान गयो

माइ । इलामको माइ नगरपालिका–९ मालबासेमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय ५५ बर्षिय गोपाल किसान रहेको प्रहरीले जनाएको छ ।

घरबाट सामान किन्न हिडेका उनी फर्कि नआएपछि परिवारले खोजी गर्ने क्रममा बाटो छेउको भिरबाट अन्दाजी २० फिट तल खसेको अवस्थामा फेला परेको इलामका प्रहरी उपरिक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए ।

मृतक किसानको शबलाई पोष्टमार्टमका लागी जिल्ला अस्पताल इलाम ल्याइएको श्रेष्ठले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार