Local Sandesh बिहिबार, कार्तिक २७ २०८३
  • ट्रेण्डिङ :

इलामको गोलाखर्कमा आगलागीबाट एक घर पुर्ण रुपमा क्षति

इलामको गोलाखर्कमा आगलागीबाट एक घर पुर्ण रुपमा क्षति

  • सन्देश सम्वाददाता
  • मंगलबार, चैत्र २७ २०७४


इलामको गोलाखर्कमा आगलागीबाट एक घर पुर्ण रुपमा क्षति

इलाम । इलाम नगरपालिका ९ गोलाखर्कमा मंगलबार अपराहन्न भएको आगलागिबाट एउटा घर पुर्ण रुपमा क्षति भएको छ । स्थानीय यामबहादुर भण्डारीको दुईतले घरमा आगलागि हुँदा पुर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरिक्षक रमेश बस्नेतले जानकारी दिए ।

आगलागीमा परेर घरधनी भण्डारी सामान्य घाइते भएका छन् उनको इलाम अस्पतालमा उपचार भई रहेको छ । दिउसो घरमा कोहि नभएको बेला आगलागी भएको थियो । विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ । इलाम नगरपालिकाको दमकल, स्थानीय र प्रहरीद्वारा आगलागि नियन्त्रण गरेका थिए । आगलागिबाट भण्डारीको ढुङ्गा माटोले बनेको दुइतले घर सहित खाध्यान्न, लत्ताकपडा, भाँडाकुडाँ र अन्य सामाग्री समेत जलेर नष्ट भएको छ ।

घर जलेपछि भण्डारी परिवारको विचल्लीमा परेको छ । आगलागीबाट के कति मुल्य बरावरको क्षति भयो भन्ने विवराण् संकलन भइरहेको बस्नेतले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार