इलाम । केहि समय यता नियमित रुपमा नेपाली बालिकाहरु तथा महिलामाथि शृङ्खलाबद्ध रुपमा दुव्र्यबहार र बलात्कार भएको भन्दै सिष्टरहुड नेपाल, इलामले भत्र्सना गरेको छ ।
श्रृङ्खलाबद्ध रुपमा घटेका महिला हिंसाहरुका घटनाहरुको विरोधस्वरुप सिष्टरहुड नेपाल, इलामले इलाम सदरमुकाममा रयाली र कोणसभा गरेको हो । पीडितलाई क्षतिपूर्ति र ऐनमै संसोधन गरेर पीडकलाई हदैसम्मको कारबाहीको व्यवस्था गर्नुपर्ने, महिलाले सम्मानपूर्व हिडडुल गर्न पाउनुपर्ने लगायतका माग आयोजकले राखेका छन् ।
सिष्टरहुड नेपालको टिसर्टमा उत्रिएका महिलाहरुले टुडिखेलबाट ¥याली शुरु गरि चोकबजारमा कोणसभा गरेका थिए । फेसबुक ग्रुपमार्फत देशको अधिकांश स्थानमा सङ्गठित हुदै सिष्टरहुड नेपाल सामाजिक कार्यमा सम्लग्न हुदै आएको छ ।
श्रृङ्खलाबद्ध रुपमा देशभर बलत्कारका घटना ह्वात्तै बढेपछि महिला जागरण संघ इलाम, भालुढुंगा सामुदायिक पर्यटन प्रबद्र्धन विकास संस्था इलाम र जिल्ला प्रहरी कार्यालय इलामले यसअघि नै विभिन्न क्रियाकलाप इलाममा सञ्चालन गरिसकेको छ ।