Local Sandesh बुधबार, कार्तिक २६ २०८३
  • ट्रेण्डिङ :

पत्रकार महासंघ इलामले पूर्व अध्यक्षहरूलाई गर्यो सम्मान

पत्रकार महासंघ इलामले पूर्व अध्यक्षहरूलाई गर्यो सम्मान

  • सन्देश सम्वाददाता
  • शुक्रबार, चैत्र १६ २०७४


पत्रकार महासंघ इलामले पूर्व अध्यक्षहरूलाई गर्यो सम्मान

इलाम ।  नेपाल पत्रकार महासंघ इलामले पूर्व अध्यक्षहरूलाई सम्मान गरेको छ । महासंघको ६३औँ स्थापना दिवसको अवसरमा शुक्रबार सदरमुकाममा आयोजित कार्यक्रममा संस्थापक सभापती धर्म गौतम, धिरेन चेम्जोङ, सोम सुसेली, सटेन्द्र जवेगु, उमेश गुरुङ र रोहितचन्द्र भट्टराईलाई कदरपत्र, खदा र नेपाली ढाकाटोपीले सम्मान गरिएको हो ।

कार्यक्रममा प्रदेश नं १ का प्रदेसभा सदस्य राम रानाले पूर्व अध्यक्षहरूलाई सम्मान गरेका हुन् । सम्मान कार्यक्रममा बोल्दै रानाले स्थानिय तहको व्यवस्था संविधानमा नै गरिएको एक मात्र मुलुक नेपाल रहेको बताए । उनले १ बर्षभित्रमा संविधानले दिएको अधिकारको प्रयोग गरेर स्थानिय तह संचालनको कानुन बनाउनुपर्नेमा जोड दिए । उनले भने ‘कानुन र त्यसको ढाँचा बनाउने काम १ बर्षमा नभएमा मुलुक पुरानै अवस्थामा फर्कने खतरा छ ।’

उनले इलाम जिल्ला कृषि क्षेत्रमा अग्रणी रहेकाले कृषिकै माध्यमबाट औद्योगिकरण सम्भव रहेको धारणा राखे । कार्यक्रममा जिल्ला समन्वय समितीका प्रमुख गणेश बराल, मानव अधिकार मञ्चका शिखरनाथ सापकोटा, प्याव्सन इलाम अध्यक्ष विकास कर्मचार्य, निमित प्रमुख जिल्ला अधिकारी सफल र्पोतेल, प्राध्यापक जेबी लुङगेली, गैर सरकारी संस्था महासंघका अध्यक्ष कमल नेपाल, जिल्ला युवा परिषदका अध्यक्ष नवराज शंकरले स्थानिय तहमा पत्रकारले खेल्नुपर्ने भुमिकाको बारेमा आफनो धारणा राखेका थिए ।

पत्रकार महासंघ इलामकी अध्यक्ष कोकिला ढकालको सभापतित्वमा भएको कार्यक्रममा सहसचिव राजेश पराजुलीको स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमलाई सचिव ख्याम भुजेलले संचालन गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार