Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

पर्यटन प्रर्वद्धन लागि चैत्र १० बाट ‘ढापपोखरी महोत्सव’

पर्यटन प्रर्वद्धन लागि चैत्र १० बाट ‘ढापपोखरी महोत्सव’

  • सन्देश सम्वाददाता
  • मंगलबार, चैत्र ६ २०७४


पर्यटन प्रर्वद्धन लागि चैत्र १० बाट ‘ढापपोखरी महोत्सव’

सन्दकपुर । रामनवमीको असवरमा इलामको सन्दकपुर गाउँपालिका- ५ जमुनास्थित ढाप पोखरीमा साँस्कृति महोत्सव हुने भएको छ । जिल्लाको नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको ढाप पोखरीमा आगामी १० र ११ चैतमा महोत्सवको आयोजना गर्न लागिएको आयोजक चन्द्रपाल थेवे ढाप सिमसार संरक्षण तथा पर्यटन विकास समितिका अध्यक्ष युवराज भट्टराई (बिप्लव) ले जानकारी दिए ।

आन्तरीक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पहिलोपटक आयोजना गर्न लागिएको महोत्सवमा ५० हजार बढी पर्यटक भित्र्याउने लक्ष्य आयोजकको छ । महोत्सवका लागि आन्तरिक तयारी सुरु भएको छ ।

उद्घाटन समारोह व्यवस्थापन, विभिन्न स्टलहरु निर्माण, प्रदशर्नी स्थल, अतिथी स्वागतद्वार निर्माण, होटल तथा लज व्यवस्थापन, खानेपानी व्यवस्थापन, खेलकुद, सांस्कृतिक तथा झाँकी व्यवस्थापन, यातायात व्यवस्थापन तथा प्रचारप्रसारको काम अन्तिम चरणमा पुगेको छ ।

‘रामनवमीमा ढाप पोखरी जाउँ, आन्तरिक पर्यटन प्रर्वधनमा सहयोग पुर्याउ’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको महोत्सवमा विविध जातिय संस्कृतिसहित राष्ट्रिय तथा स्थानीय कलाकारहरुको साँस्कृतिक प्रस्तुती रहनेछ ।

महोत्सवमा विभिन्न प्रजातिका वनस्पति,जडिबिुटीहरु, स्थानीय हस्तकला र विभिन्न कृषिजन्य वस्तुहरुको अवलोकन प्रमुख आकर्षण बन्नेछन् । महोत्सवमा ढाप पोखरीमा डुङ्गा सयर गर्न साथै हाँगेथाम, चोयाटार, जौवारीलगायत रमणीय स्थलको घुमघामसँगै लोपोन्मुख रेडपाण्डाको समेत अवलोकन गर्न पाईनेछ ।

स्थानीयको सक्रियतामा निर्मित ढापपोखरी
ढापपोखरी सदरमुकाम इलाम बजारबाट २१ किलोमिटर उत्तरमा पर्दछ । स्थानीयको सक्रियताका अढाई वर्षअघि निर्माण गरिएको सो पोखरी ५० रोपनी क्षेत्रफलमा फैलिएको छ । क्षेत्रफलको हिसाबले यो जिल्लाकै सबैभन्दा ठूलो पोखरी मानिएको छ ।

२०७२ वैशाख १ मा करिब एक हजार स्थानीय भेला भएर पोखरीको निर्माण र विस्तार थालिएको थियो । दलदल र सिमले भरिएको उपत्यका जस्तो क्षेत्रमा स्थानीयले बाँस, हिलोमाटो र ढुंगाको बाँध बनाएर पानी जमाउन थालिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार