Local Sandesh बुधबार, कार्तिक २६ २०८३
  • ट्रेण्डिङ :

साउदी जेलमा रहेका इलामका प्रेम रिहाइको लागी सहयोग जुटदै

साउदी जेलमा रहेका इलामका प्रेम रिहाइको लागी सहयोग जुटदै

  • तेजबहादुर घिमिरे
  • आइतबार, फाल्गुन २७ २०७४


साउदी जेलमा रहेका इलामका प्रेम रिहाइको लागी सहयोग जुटदै

माइ ।  बिगत २ बर्षदेखी साउदी जेलमा रहेका इलामको माइ नगरपालिका–४ का प्रेमबहादुर राईको रिहाइको लागी सहयोग जुटने क्रम तिव्र रुपमा भइरहेको छ । आज प्रेमकी श्रीमती सरिता र उनका परिवारलाई माइ नगरपालिका–४ निवासी आशविर राईले नगद २१ हजार र किरात राई यायोक्खाले २७ हजार ८ सय ४० रुपैया गरी कुल ४८ हजार ८ सय ४० रुपैया हस्तान्तरण गरिएको छ ।

प्रेमले कुदाएको लहरीबाट केबल तार चोरी भएपछि उनी हाल साउदी जेलमा कष्टकर जिबन विताइरहेका छन । उनको कम्पनीले केबल तार बापतको ३ लाख १० हजार रियाल ( नेपाली ९५ लाख) रुपैया क्षतिपुर्ती माग गरेको थियो । प्रेमको रिहाइको लागी देश तथा विदेशमा विभिन्न उपसमिती बनाएर सहयोग रकम जुटाइदै गरेको श्रीमती सरिता राईले जानकारी दिइन ।

प्रतिक्रिया
सम्बन्धित समाचार